नुवाकोट,कार्तिक १ –
मेघाङ गाउँपालिका–४ ठूलोकिम्ताङमा सालोको कुटाइबाट भिनाजुको मृत्यु भएको छ ।
घरायसी विवादमा भएको झगडामा ठूलोकिम्ताङका प्रतापसिंह तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो ।
मंगलबार अपराह्न गाउँमा सामान्य विवाद हुँदा ५६ वर्षका तामाङलाई उनकै सालो श्रीमान तामाङ्ले लडाएर घाइते बनाइदिएका थिए ।
टाउकोमा चोट लागेका तामाङको उपचारको क्रममा जिल्ला अस्पताल, त्रिशूलीमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । झगडामा संलग्न रहेका श्रीमान तामाङलाई कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।