• होमपेज
  • समाचार
  • ढिस्कोले पुरिएर महिलाको मृत्यु

ढिस्कोले पुरिएर महिलाको मृत्यु

  • बुधबार, कार्तिक १, २०७४
ढिस्कोले पुरिएर महिलाको मृत्यु

राजविराज,कार्तिक १

तिहारका लागि घरआँगन लिपपोत गर्न माटो लिन गएकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको बेल्हीचपेना गाउँपालिका–४ बस्ने ४० वर्षीया हेमनीदेवी यादव रहेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यादव घर नजिकैको गाउँमा माटो लिन गएको अवस्थामा माटोको ढिस्को खस्दा च्यापिएर मंगलबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको बताइएको छ । रासस

Facebook Comments

सम्बन्धित समाचार