• होमपेज
  • समाचार
  • एन्फाले थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने

एन्फाले थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने

  • सोमवार, अशोज २३, २०७४
एन्फाले थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने

काठमाडौं, असोज २३ –

अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ । एन्फाले आफ्नो संसोधित विधान संसोधन पारित गरी थ्री स्टारलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो ।
सोमबार बसेको एन्फाको विशेष साधारणसभाले उक्त निर्णय गरेको हो ।

विश्व फुटबलको निकाय फिफा र एसियायी फुटबल महासंघ एएफसीका प्रतिनिधिको उपस्थितिमा बसेको साधारणसभाले एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ र विधान संसोधन समितिका संयोजक मणि कुँवरले पेस गरेको विधान संसोधन र क्षतिपूर्तिबारेको एजेन्डा पास गरेको हो ।

साधारणसभामा २० धारा र ३८ बुँदामा छलफल भएका थियो । जसमा यसअघि बसेको कर्यसमिति बैठकले गरेको महिला समिति हटाउने निर्णयलाई उल्टाएर महिला समिति राख्ने र भोटिङ राइट दुईबाट तीन जना पुर्याउने निर्णय गरेको छ । एन्फाले आसन्न पुसमा हुने नयाँ कार्यसमितिको निर्वाचन यसै बिधानमा रहेर गर्नेछ ।

यस्तै बिशेष साधारणसभाले ललितपुरको ए डिभिजन क्लबलाई १ करोड ५० लाख दिने निर्णय सर्वसम्मतले पारित गरेको छ । एन्फाका कारण थ्री स्टारले एएफसी कपको दोस्रो चरणको खेल खेल्न नपाएपछि यसअघि बसेको एन्फाको कार्यसमिति बैठकले क्षतिपूर्तिबापत १ करोड ५० लाख दिने निर्णय गरेको थियो ।

साधारणसभामा जिल्ला संघ, क्लबहरु तथा समितिहरु गरी ७२ कार्यसमितीको उपस्थिति रहेको थियो । सभाममा ४५ जिल्ला, १४ ए डिभिजन, ५ बि र ३ सि क्लब तथा ४ विभिन्न समितिहरुको पदाधिकारीहरु रहेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार