• होमपेज
  • समाचार
  • बैतडीमा रक्सी बेच्न रोकेको भन्दै गाउँपालिकाविरुद्ध मुद्दा

बैतडीमा रक्सी बेच्न रोकेको भन्दै गाउँपालिकाविरुद्ध मुद्दा

  • शुक्रबार, अशोज २०, २०७४
बैतडीमा रक्सी बेच्न रोकेको भन्दै गाउँपालिकाविरुद्ध मुद्दा

बैतडी,असोज २० –

बैतडीको शिबनाथ गाउँपालिकाका रक्सी व्यावसायीले गाउँपालिका तथा स्थानीय जनप्रतिनिधिविरुद्ध मुद्दा दर्ता गरेका छन् । जनप्रतिनिधिले गाउँपालिकामा रक्सी नियन्त्रण अभियान सञ्चालन गरेपछि व्यावसायीहरुले गाउँपालिकाविरुद्ध मुद्धा दर्ता गरेको गाउँपालिकाका उपाध्यक्ष कुस्मा चन्दले बताउनुभयो ।
गाउँपालिकामा रहेका ८६ भन्दा बढी रक्सी वयावसायीहरुले उच्च अदालत महेन्द्रनगरमा गाउँपालिकाको निर्णयले आफ्नो व्यवसायमा असर परेको भन्दै मुद्दा हालेको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताउनुभयो ।
रक्सीले त्यस क्षेत्रका महिला र बालबालिकालाई समस्या भएकाले यसको नियन्त्रणको लागि गाउँपालिकाले पहल गरेको छ ।
व्यावसायीहरुले आफूले सरकाबाट इजाजत प्राप्त गरेर रकसी पसल सञ्चालन गरेकाले अहिले जननिवार्चित प्रतिनिधिले रक्सी नियन्त्रण गर्ने अभियान चलाएको भन्दै शिबनाथ गाँउपालिकाको नाममा मुद्दा हालेको जनाएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार