• होमपेज
  • Uncategorized
  • माओवादी (केन्द्र)का नेता ‘बादल’ चितवन क्षेत्र नं.२ बाट चुनाव लड्ने

माओवादी (केन्द्र)का नेता ‘बादल’ चितवन क्षेत्र नं.२ बाट चुनाव लड्ने

  • शुक्रबार, अशोज २०, २०७४
माओवादी (केन्द्र)का नेता ‘बादल’ चितवन क्षेत्र नं.२ बाट चुनाव लड्ने

चितवन, असोज २०–

नेकपा माओवादी (केन्द्र)का प्रभावशाली नेता रामबहादुर थापा ‘बादल’ आसन्न प्रतिनिधि सभाको निर्वाचनमा चितवन क्षेत्र नंं.२ बाट चुनाव लड्ने भएका छन् ।

प्रतिनिधि र प्रदेश सभाको उम्मेद्वारहरु धमाधम सिफारिस भईरहेको बेला माओवादी नेता बादल केन्द्रीय निर्णय अनुसार नै चितवन क्षेत्र नं.२ बाट चुनाव लड्न लागेका हुन् । २०६४ सालको संविधानसभा निर्वाचनमा चितवन क्षेत्र नं.२ बाट विजयी भएका बादल २०७० सालको निर्वाचन भने बहिष्कार गरेका थिए ।

यसपटक बाम गठवन्धन भएपछि नेता बादल निर्वाचन लड्न तयार भएका हुन् । स्रोतका अनुसार माओवादीबाट प्रदेश नं.३ को पहिलो प्राथमिकतामा पार्टी अध्यक्ष प्रचण्ड र नेता बादल पर्ने भएका कारण उनी चुनाव लड्ने निश्चित भएको हो । नेता बादल भरतपुर महानगरपालिका वडा नं.१० निवासी हुन् । चितवन क्षेत्र नं.२ बाट एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल सिफारिस भईसकेका छन् । बादल पनि यसै क्षेत्रबाट चुनाव लड्ने भएपछि यहाँको राजनीतिक माहोलमा झन तरंग थपिएको छ ।

प्रचण्ड र बादल चितवनबाट चुनाव लड्ने भएपछि चितवनको प्रदेश क्षेत्रका लागि भने माओवादीले उम्मेद्वार छनौट गरेको छैन् । पार्टीका शीर्ष नेता चितवनमा चुनाव लड्ने निश्चित भएपनि अन्तिम निर्णय भने बाम गठबन्धनको (६०/४०) को सहमती अनुसार हुने माओवादी (केन्द्र)का केन्द्रीय सचिवालय सदस्य सूर्यप्रकाश सुवेदी ‘पथिक’ले नारायणी अनलाईनलाई जानकारी दिए । उनले चितवनको क्षेत्र नं.१ मा एमालेका नेता सुरेन्द्र पाण्डे सिफारिस भईसकेकोले उनको स्थानमा माओवादीले कुनै दावी नगर्ने बताए ।

यस्तै पथिकले बाम एकताको स्वागत गर्दै जिल्लामा केन्द्रीय निर्णय अनुसार नै पार्टीले गतिविधि संचालन गर्ने जनाए ।

Facebook Comments

सम्बन्धित समाचार