• होमपेज
  • समाचार
  • राजपा र समाजवादी फोरम नेपाल संयुक्त रुपमा चुनाव लड्ने

राजपा र समाजवादी फोरम नेपाल संयुक्त रुपमा चुनाव लड्ने

  • शुक्रबार, अशोज २०, २०७४
राजपा र समाजवादी फोरम नेपाल संयुक्त रुपमा चुनाव लड्ने

काठमाडौं,असोज २० –

आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा मधेशवादी दलहरु एक आपसमा सहकार्य गरेर जाने भएका छन् । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच आशन्न निर्वाचनमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको हो ।

दुबै पार्टीले संयुक्त भई साझा उम्मेदवारको रुपमा चुनावमा भाग लिने र उम्मेदवारी दिने समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्वारा संयुक्त रुपमा जारी विज्ञप्तीमा जनाइएको छ । दुवै दलले आगामी निर्वाचनका लागि अन्य दलहरुसँग मोर्चा वा गठबन्धन तथा तालमेल गर्नु परे संयुक्त रुपमा छलफल गरेर निर्णय गर्नेपनि सहमति गरेका छन् ।

पिछडा वर्ग, अल्पसंख्यक समुदाय, विपन्न वर्ग लगायत बहिष्करण तथा वञ्चितिकरणमा पारिएका समुदायमाथिको विभेद, उपेक्षा, शोषण र उत्पीडन अन्यका लागि एक भएर निर्वाचनमा जाने शुत्रबार जारी विज्ञप्तीमा उल्लेख छ ।

Facebook Comments

सम्बन्धित समाचार