• होमपेज
  • समाचार
  • डडेल्धुराको आलितालमा डुबेर एकजना बेपत्ता

डडेल्धुराको आलितालमा डुबेर एकजना बेपत्ता

  • शुक्रबार, अशोज २०, २०७४
डडेल्धुराको आलितालमा डुबेर एकजना बेपत्ता

डडेल्धुरा, असोज २० –

डडेल्धुराको आलिताल गाँउपालिका –३, मा रहेको आलितालमा डुबेर विहीबार दिउसोदेखि एकजना बेपत्ता भएका छन् ।
तालमा पौडी खेल्न गएका आलिताल गाँउपालिका –३, रक्सौनका ४१ वर्षका बलबहादुर मास्के रानामगर तालमा डुबेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
दिउसो तालमा गएका मास्के रानामगर तालमा डुवेपछि प्रहरी र स्थानीय बासिन्दाले खोजिकार्य जारी राखेका भएपनि बिहीबार बेलुका सम्म पनि फेला पर्न नसकेपछि प्रहरीलाई खबर गरिएको थियो ।
इलाका प्रहरी कार्यालय जोगबुडा र आलिताल प्रहरी चौकीको टोलीले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिनु भएको छ । शुक्रबार दिउसोसम्म पनि तालमा डुबेका बेपत्ता भएका बलबहादुरलाई भेट्टाइएको छैन ।

Facebook Comments

सम्बन्धित समाचार