• होमपेज
  • समाचार
  • गाउँलेलाई दुःख दिएको गैंडाको उद्धार

गाउँलेलाई दुःख दिएको गैंडाको उद्धार

  • बिहिबार, अशोज १९, २०७४
गाउँलेलाई दुःख दिएको गैंडाको उद्धार

चितवन, असोज १९–

पटक पटक गाउँ निस्किएर स्थानीयवासीलाई दुःख दिएपछि दुर्लभ एकसिंगे गैंडाको बच्चालाई बुधबार उद्धार गरी सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा लगिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार करिब दुई वर्षको भाले गैंडालाई भरतपुर महानगरपालिका–२७ मेघौलीस्थित बुद्धनगरबाट उद्धार गरी सौराहा लगिएको हो ।

उक्त गैंडालाई यसअघि दुई पटकसम्म स्थानीय वनको भित्रि भागमा पुर्‍याएर छाडिएको थियो । तर उक्त गैंडाले पुनः सोही ठाउँमा आएर दुःख दिएपछि हात्तीले धपाएर कसरा पुर्‍याइएको भएपनि पुनः फर्किएर सोही ठाउँ पुगेपछि उद्धार गरी सौराहा लगिएको हो ।

संरक्षण कोषमा यसअघि बाढीपछि उद्धार गरी ल्याइएको एउटा बच्चा गैंडा पनि रहेको छ । सो गैंडासँगै यसलाई राख्ने कँडेलले बताउनुभयो । गैंडालाई खोरमा राखी सौराहा लगिएको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार बेहोस गराई गौंडा लगिएको हो ।

Facebook Comments

सम्बन्धित समाचार