• होमपेज
  • समाचार
  • काठमाडौंमा मोटरसाइकल र टयाक्सी दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौंमा मोटरसाइकल र टयाक्सी दुर्घटनामा दुईजनाको मृत्यु

  • बुधबार, अशोज ४, २०७४
काठमाडौंमा मोटरसाइकल र टयाक्सी दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं, असोज ४ –

तीनकुने नजिक मंगलबार राति भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कोटेश्वरबाट गौशाला जाँदै गरेको बा६१प नम्बरको मोटरसाइकल राति करिब १ बजे पल्टिँदा चालक ललितपुर इमाडोलका ३८ वर्षीय राजु तामाङका साथै पछाडि सवार काभ्रेपलाञ्चोकका २८ वर्षीय विशाल लामाको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका तामाङ र लामालाई उपचारको क्रममा मीनभवनस्थित निजामती अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

दुर्घटनामा संलग्न सवारी साधन प्रहरी नियन्त्रणमा रहेको महाशाखाले जनाएको छ ।

उता, दाङको देउखुरीमा ट्याक्सी दुर्घटना हुँदा गढवा गाउँपालिका–६ खबरी निवासी ६ वर्षीया लक्ष्मी सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

गढवाबाट खबरी जाँदै गरेको रा १ ज ३३ नं ट्याक्सी खबरी खोला नजिक रहेको बेदी भन्ने ठाउँमा मंगलबार राति दुर्घटना भएको थियो ।

बालिकाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । ब्रेक फेल हुँदा ट्याक्सी दुर्घटनामा परेको बताएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा रहेको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार