• होमपेज
  • Uncategorized
  • जन्मदिनको अवसरमा धुर्मुसले चौँथो बस्ती शिलान्यास गरे

जन्मदिनको अवसरमा धुर्मुसले चौँथो बस्ती शिलान्यास गरे

  • बुधबार, अशोज ४, २०७४
जन्मदिनको अवसरमा धुर्मुसले चौँथो बस्ती शिलान्यास गरे

काठमाडौं,असोज ४-

जन्मदिनको अवसरमा हास्यकलाकार सीताराम कट्टेल धुर्मुस र उनकी धर्मपत्नी कुञ्जना घिमिरे सुन्तलीले चौँथो बस्ती शिलान्यास गरेका छन् । आफ्नो जन्मदिनमा रौतहट, चन्द्रपुर नगरपालिका– ८ सन्तपुरका ४५ घर दलित परिवारका लागि ४५ आवासीय घर बनाउन लागेको कट्टेलले जानकारी दिए ।

५ करोड ७५ लागत अनुमानित गरिएको बस्ती एकीकृत स्वरूपको हुने उनको भनाइ थियो । “बस्तीमा ४५ आवासीय घर, १ भ्यु टावर, १ सामूदायिक भवन, १ मन्दिर, सार्वजनिक धाराहरु र शौचालयहरू बन्नेछन् । र आज असोज ४ गतेबाट सुरू भई माघको २४ गते परियोजना हस्तान्तरण हुनेछ,” उनले प्रष्ट्याए ।

एकीकृत नमुना सन्तपुर बस्तीको शिलान्यास त्यहीँकी १०७ वर्षीय वयोवृद्ध रामकलिया देवी हजाराको हातबाट गरिएको उनको भनाइ थियो । फाउन्डेनले ५ अर्ब लागत अनुमान गरिएको विश्वले चिन्नेछ नेपाल परियोजनाअन्तर्गत नेपालभित्र नमुना नेपालको अवधारणा अघि बढाएको छ भने तीन एकीकृत नमुना बस्ती निर्माण गरिसकेको छ । भूकम्पपीडितका लागि एकीकृत पहरी बस्ती र गिरानचौर एकीकृत नमुना बस्ती निर्माण गरेका छ । त्यस्तै महोत्तरी बर्दिबासमा रहेका ५५ घरधूरी मुसहरहरूलाई एकीकृत बस्ती निर्माण गरी हस्तान्तरण गरिसकेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा