• होमपेज
  • समाचार
  • असोज ५ गते प्रथम ओम सिमेन्ट धनगढा खुल्ला मिनि म्याराथुन प्रतियोगिता हुने

असोज ५ गते प्रथम ओम सिमेन्ट धनगढा खुल्ला मिनि म्याराथुन प्रतियोगिता हुने

  • मङ्लबार, अशोज ३, २०७४
असोज ५ गते प्रथम ओम सिमेन्ट धनगढा खुल्ला मिनि म्याराथुन प्रतियोगिता हुने

चितवन,असोज ३-

भरतपुरमा प्रथम ओम सिमेन्ट धनगढा खुल्ला मिनि म्याराथुन प्रतियोगिता हुने भएको छ । जिल्ला युवा समिति चितवनको आयोजना र धनगढा एकिकृत विकास समितिको मुल व्यवस्थापनमा असोज ५ गते म्याराथुन हुन लागेको हो । दशैंको अवसर पारेर आयोजना गरिएको म्याराथुनमा जिल्ला र छिमेकी जिल्लाका धावकहरुको सहभागिता रहने छ । म्यारथुनमा सहभागीले ९ किलोमिटरको दुरी ( धनगढा मन्दिर परिसरबाट सुरु भएर वडा नम्वर १२ ) परिक्रमा गर्नुपर्ने छ ।

युवाहरुलाई खेलकुद प्रति आकर्षित गर्न प्रतियोगिता आयोजना गरिएको जिल्ला युवा समिति चितवनका अध्यक्ष अस्मिन घिमिरेले जानकारी दिए । उनले जिल्लामा रहेका युवाहरुलाई रचनात्मक काममा प्रेरित गर्न जिल्ला युवा समितिले विभिन्न गतिविधीहरु गर्र्दे आएको वताए । म्याराथुनमा प्रथम हुनेले २० हजार, दित्तिय हुनेले १५ हजार र तृतिय हुनेले १० हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगिता विहान ७ वजे सुरु हुने जिल्ला युवा समितिको कार्यालयले जानकारी दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार