• होमपेज
  • Uncategorized
  • रेडियो त्रिवेणीको आयोजनामा विद्यालय स्तरीय क्वीज सुरु

रेडियो त्रिवेणीको आयोजनामा विद्यालय स्तरीय क्वीज सुरु

  • मङ्लबार, अशोज ३, २०७४
रेडियो त्रिवेणीको आयोजनामा विद्यालय स्तरीय क्वीज सुरु

चितवन, असोज ३–

रेडियो त्रिवेणी १००.६ मेगाहर्ज र ह्याप्पी एजुकेशन कन्सल्टेन्सी नारायणगढको संयुक्त आयोजनामा आजदेखि ‘ह्याप्पी त्रिवेणी क्वीज च्याम्पियनसीप २०७४’ सुरु भएको छ ।

प्रतियोगिताको सांसद कृष्णभक्त पोखरेलको उद्घाटन गर्नुभयो । सो क्रममा बोल्दै सांसद पोखरेलले विद्यार्थीहरु माझ गरिएको यो खालको कार्यक्रमले उनीहरुको व्यक्तित्व विकासमा टेवा पुग्ने भन्दै कार्यक्रमको प्रशंशा गर्नुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले समाजमा योग्य र प्रतिभावान व्यक्ति निर्माणमा यस खालका प्रतियोगिताले सहयोग पुर्‍याउने बताउनुभयो । यस्तै जिल्ला शिक्षा अधिकारी मनोज कुमार गैरेले शिक्षा क्षेत्रमा विद्यार्थीहरुको बौद्धिक विकासका लागी यस प्रतियोगिता कोशेढुंगा सावित हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम, भरतपुर महानगरपालिका वडा नं. ११ का अध्यक्ष बाबुराम अधिकारी, वडा नं. १२ का अध्यक्ष नरेन्द्र कन्दङ्वा, एकिकृत धनगडा विकास समितिका अध्यक्ष लेखराज पन्त हरि, ह्याप्पी एजुकेशन कन्सल्टेन्सीका म्यानेजिङ डाईरेक्टर बद्री सिलवाल, वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक निरन्जन भट्टराई, ईक्यान चितवनका अध्यक्ष जिवन रिजाललगायतले बोल्नुभएको थियो ।

रेडियो त्रिवेणीका प्रवन्ध निर्देशक सुदिप सिंह अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम रेडियो त्रिवेणीका संचालक समितीका अध्यक्ष तेजनारायण खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

२ विद्यालय अघिल्लो चरणमा प्रवेश

रेडियो त्रिवेणीको प्रांगढमा भएको आजको उद्घाटन चरणमा ६ वटा विद्यालय मध्येबाट उत्कृष्ट २ विद्यालय अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

नारायणी नमुना मावि र भिमनगर मावि भिमनगर सर्वाधिक अंक प्राप्त गर्दै अघिल्लो चरणमा प्रवेश गरेका हुन् । प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद ३० हजार, द्धितिय हुनेले २० हजार तथा तृतीय हुने विद्यालयले १० हजार प्राप्त गर्ने रेडियोका स्टेशन म्यानेजर अर्जुन अधिकारीले जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार