• होमपेज
  • समाचार
  • भारतको डिन्डीगुलसँगको अभ्यास खेलमा नेपाल विजयी

भारतको डिन्डीगुलसँगको अभ्यास खेलमा नेपाल विजयी

  • मङ्लबार, अशोज ३, २०७४
भारतको  डिन्डीगुलसँगको अभ्यास खेलमा नेपाल विजयी

काठमाडौँ, असोज ३ –

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसीपको तयारीका लागि भारतमा रहेको नेपाली टोलीले अभ्यास खेलमा भारतको डिन्डीगुल ड्रागन्सलाई पराजित गरेको छ । मंगलबार भएको अभ्यास खेलमा नेपालले डिन्डीगुललाई १ सय ५३ रनले हराएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय १६ रन बनाएको थियो ।
नेपालका लागि सोमपाल कामीले ६६ रन बनाए भने बसन्त रेग्मीले नटआउट ५६ रन बनाए । सोमपाल र बसन्तले सतकीय पारी खेलेका थिए । ज्ञानेन्द्र मल्लले ३९, सागर पुनले १५, शरद भेषावाकरले १, आरिफ सेखले २१, सन्दिप लामिछानेले १ रन बनाए । कप्तान पारस खड्का भने शुन्य रनमै आउट भए ।
२ सय १७ रनको लक्ष्य पछ्याएको डिन्डीगुलले ३५ ओभर ३ बलमा ६३ रन मात्र बनाउन सक्यो । सागर पुनले ३ तथा ललित भण्डारी र सुशिल कँडेलले समान २ विकेट लिए । आइसिसी विश्व क्रिकेट लिग अन्तर्गत आउँदो असोज २७ र २९ गते नेपालले हङकङसँग खेल्दैछ ।

Facebook Comments

सम्बन्धित समाचार