• होमपेज
  • समाचार
  • ३० लाख बढिको अवैध कपडा वाईसीएलले लियो कब्जामा

३० लाख बढिको अवैध कपडा वाईसीएलले लियो कब्जामा

  • मङ्लबार, अशोज ३, २०७४
३० लाख बढिको अवैध कपडा वाईसीएलले लियो कब्जामा

नवलपरासी, असोज ३–

नवलपरासीको सिमा क्षेत्र महेशपुर नाकाबाट अवैध रुपमा नेपाल भित्र्याएर ल्याउदै गरेको कपडा (आज) मंगलबार वाईसीएलले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ ।

लु १ ज ३३ ८९ नम्बरको भ्यानमा भन्सार छलेर भित्र्याईएको २७ बन्डल ३० लाखभन्दा बढीको सामान वाईसीएलले अरुणखोलाबाट कब्जा गरी दुम्कीवास प्रहरीलाई बुझाएको वाईसीएल नवलपुर संयोजक गुराँसले बताए । प्रहरीले सो सामाग्री भन्सार कार्यालयमा बुझाएको जनाएको छ । भ्यान चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत भदौमा सम्पन्न राष्ट्रिय सम्मेलन पश्चात वाईसीएल नेपालले सामाजिक सुधार, भ्रष्टाचार नियन्त्रण, कालोबजारी नियन्त्रण जस्ता सामाजिक कुरितीलाई निर्मल पार्नका लागि आफुहरु अभियानमा लागेको गुराँसले बताए । उनले चाडपर्वका बेला सर्वसाधारणहरुलाई विभिन्न बहानामा ठग्ने प्रचलन समेत रहेकाले वाईसिएलका युवाहरु विभिन्न ठाउँमा परिचालन गरिएको उनले बताए ।

Facebook Comments

सम्बन्धित समाचार