दुष्यन्त चौधरी,
बारा, असोज २–
प्रदेश नं.२ अन्तरगत रहेको बारा जिल्लामा आज भएको स्थानीय तहको निर्वाचनमा ७५ प्रतिशत मत खसेको छ ।
प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाले जिल्लाबासीहरु उत्साहजनक रुपमा निर्वाचनमा सहभागि भएपछि अनुमान गरिएको भन्दा बढि मत खसेको नारायणी अनलाईनलाई जानकारी दिनुभयो । यसअघि बारामा ७३ प्रतिशत मत खस्ने आँकलन गरिएको थियो । आजको निर्वाचन पूर्णरुपमा शान्त वातावरणमा सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत थापाले बताउनुभयो ।
अहिले सबै मतपेटिका निर्वाचन कार्यालयमा लाने तयारी भईरहेको छ । सबै मतपेटिका मतगणना स्थलमा पुगेपछि आजै राती ८ बजेबाट मतगणना हुने प्रमुख निर्वाचन अधिकृत थापाले नारायणी अनलाईनलाई जानकारी दिनुभयो ।