• होमपेज
  • समाचार
  • धनुषामा काँग्रेस र एमालेका कार्यकर्ताबीच झडप, तीनजना घाईते

धनुषामा काँग्रेस र एमालेका कार्यकर्ताबीच झडप, तीनजना घाईते

  • आइतवार, अशोज १, २०७४
धनुषामा काँग्रेस र एमालेका कार्यकर्ताबीच झडप, तीनजना घाईते

धनुषा, असोज १ –

धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । स्थानीय तह निर्वाचनको मौन अवधि जारी रहेकै बेला दुई पार्टीका कार्यकर्ताले एक–अर्काविरुद्ध निगरानी राख्ने क्रममा विवाद हुँदा झडप भएको हो ।

झडपमा एमालेका तीन जना कार्यकर्ता घाइते भएका छन् । घाइतेमध्ये नगराईन नगरपालिका–८ का ईन्द्रदेव पासवानको अवस्था गम्भीर छ ।

उनको टाउकोमा गम्भीर चोट लागेकाले उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार