• होमपेज
  • Uncategorized
  • भरतपुरमा चल्ने तीन पाङग्रे सवारीमा आजदेखी जोर-विजोर प्रणाली लागु,विरोधमा चक्काजाम सहित प्रर्दशन

भरतपुरमा चल्ने तीन पाङग्रे सवारीमा आजदेखी जोर-विजोर प्रणाली लागु,विरोधमा चक्काजाम सहित प्रर्दशन

  • आइतवार, अशोज १, २०७४
भरतपुरमा चल्ने तीन पाङग्रे सवारीमा आजदेखी जोर-विजोर प्रणाली लागु,विरोधमा चक्काजाम सहित प्रर्दशन

चितवन,असोज १-

भरतपुर महानगरपालिकाले रिंगरोड क्षेत्रमा आज (आइतवार)देखी जोर–विजोर प्रणाली लागु गरेको छ । तीन पाङग्रे सवारीले ट्राफिक व्यवस्थापनमा समस्या भएपछि सो निर्णय लागु गरिएको हो । निर्णय लागु गरेकै दिन अटो रिक्सा व्यवसायीले भने विरोध प्रर्दशन गरेका छन् । उनिहरुले भरतपुरको भरतपुरको चौविसकोठी र सहिदचोकमा चक्का जाम गरेर विरोध गरेका हुन् ।

स्वरोजगार श्रमिकलाई विस्थापन गर्ने गरि निर्णय भएको भन्दै उनिहरुले सच्याउन माग गरेका छन् । जोर–विजोर प्रणाली खारेज गरिनुपर्ने, चितवनभरिको बाटो इजाजत पत्र तुरुन्त बन्द गर्नुपर्ने, यथास्थितिमा चलाउन दिनुपर्ने माग उनिहरुको छ । असोज १ गतेबाट रिंगरोड क्षेत्रमा तीन पाङग्रे सवारीसाधनलाई जोर–विजोर प्रणालीमा सञ्चालन गर्ने गरि भदौ २२ गते सर्वपक्षिय बैठकले निर्णय गरेको थियो । भरतपुर–नारायणगढ क्षेत्रमा झण्डै १ हजार ५ सय अटोरिक्सा, १ हजार ईरिक्सा सञ्चालनमा छन् ।

 तस्विरः भुपेन्द्र वस्नेत

Facebook Comments

सम्बन्धित समाचार