• होमपेज
  • Uncategorized
  • चितवनमा साँढे १२ लाख रुपैयाँसहित कौडा खेल्न २१ जना पक्राउ (नामसहित)

चितवनमा साँढे १२ लाख रुपैयाँसहित कौडा खेल्न २१ जना पक्राउ (नामसहित)

  • बुधबार, भदौ २८, २०७४
चितवनमा साँढे १२ लाख रुपैयाँसहित कौडा खेल्न २१ जना पक्राउ (नामसहित)

चितवन, भदौं २८–

चितवन प्रहरीले कौडा खेलिरहेको अवस्थामा २१ जनालाई पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिको वडा नंं. १० स्थित थकाली भान्सा घरमा कौडा खेली रहेको अवस्थामा चितवन प्रहरीको सादा पोसाकको टोलिले उनिहरुलाई नियन्त्रणमा लिएको चितवन प्रहरीले जनकारी दिएको छ । प्रहरीले उनीहरुबाट १२ लाख पचास हजार रुपैयाँ नगद समेत बराम गरेको छ । पक्राउ पर्नेहरुमा दिपक थापा, रोसन राना मगर, रितिक घिमिरे, बुद्ध गुरुङ्ग, राजु गुरुङ्ग, दिपक थापा मगर, बिजन श्रेष्ठ, दिपेश गुरुङ्ग, अशोक प्रजापति, युवराज चन्द्र बिष्ट रहेका छन् ।

यस्तै खडानन्द शाहि, सन्दीप गुरुङ्ग, प्रकाश गुरुङ्ग, सुदिप भण्डारी, अजिर शाहानि, सुदर्शन प्रकाश खरेल, रबि कुमार गुप्ता, हिमाल गुरुङ्ग, प्रमोद पटेल, गोपाल प्रसाद श्रेष्ठ र लोक बहादुर पौडेल पक्राउ परेको प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार