• होमपेज
  • समाचार
  • फेमिली ब्राण्डको तेल गुणस्तरहीन, उद्योगमा शिलबन्दी

फेमिली ब्राण्डको तेल गुणस्तरहीन, उद्योगमा शिलबन्दी

  • मङ्लबार, भदौ २७, २०७४
फेमिली ब्राण्डको तेल गुणस्तरहीन, उद्योगमा शिलबन्दी

काठमाडौँ,भदौं २७-

गुणस्तरहीन तेल उत्पादन गरेको पाइएपछि बारामा रहेको शिव शक्ति ध्यु उद्योगमा मंगलबार शिलबन्दी गरिएको छ । उद्योगले उत्पादन गर्ने फेमिली ब्राण्डको तेलमा कमजोरी भेटिएपछि आपूर्ती विभागले उद्योगमा शिलबन्दी गरेको हो ।

तेल गुणस्तरहीन रहेको भन्दै उजुरी परेको आधारमा तेलको गुणस्तर परिक्षण गर्दा तेलको गुणस्तर मापदण्ड बमोजिम नरहेको भेटिएको थियो । बाराका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा विभागको टोलीले आज साँझ शिलबन्दी गरेको बताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार