• होमपेज
  • समाचार
  • दरबारमार्गका पसल सिल गरेका आपुर्तिमन्त्रीले भने–आयल निगमका खड्कालाई कारबाही गर्न सक्दिन

दरबारमार्गका पसल सिल गरेका आपुर्तिमन्त्रीले भने–आयल निगमका खड्कालाई कारबाही गर्न सक्दिन

  • मङ्लबार, भदौ २७, २०७४
दरबारमार्गका पसल सिल गरेका आपुर्तिमन्त्रीले भने–आयल निगमका खड्कालाई कारबाही गर्न सक्दिन

काठमाडौ, भदौ २७ –

आपूर्तिमन्त्री शिवकुमार मण्डलले आफूले आयल निगमको जग्गा खरिदमा अनियमितता गर्नेलाई कार्वाही गर्न सक्ने अवस्था नरहेको बताउनु भएको छ ।

मन्त्री मण्डलले आयल निगमको जग्गा खरिद प्रकरणमा अनियमितता भएपनि त्यसलाई कार्वाही गर्ने जिम्मेवारी मन्त्रीपरिषद, प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भएको दावी पनि गर्नु भयो ।

मंगलबार संचारकर्मीहरुले राखेका विभिन्न जिज्ञासाको जवाफ दिने क्रममा उहाँले जग्गा खरिद प्रकरणमा कैफियत देखिएकै कारण आफूले मन्त्रालयको तर्फबाट तयार पारिएको अनुसन्धान रिर्पोट आगामी मन्त्रीपरिषद बैठकमा पेश गर्ने खुलासा पनि गर्नु भयो ।

उहाँले मन्त्रालयको तर्फबाट तयार पारिएको प्रतिवेदनमा के उल्लेख गरिएको छ भन्ने विषय भने खुलाउन चाहानु भएन । मन्त्री मण्डलले जग्गा खरिद प्रकरणमा अनियमितता गर्ने सबैलाई कार्वाही गर्ने काम मन्त्रीपरिषद, संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भएको पनि पटक–पटक दोहो¥याउनु भयो ।

Facebook Comments

सम्बन्धित समाचार