रगतबाट पनि बिजुली !

  • मङ्लबार, भदौ २७, २०७४
रगतबाट पनि बिजुली !

एजेन्सी,भदौ २७ –

मानिसको रगत अमूल्य हुन्छ । यसलाईood जीवनदाता समेत मानिने गरिन्छ । तर, मानिसको रगतबाट बिजुली निस्कन्छ भन्दा तपाईलाई विश्वास नलाग्न सक्छ । चिनी वैज्ञानिकहरुले शरीरको धमनीहरुमा बग्ने रगतबाट बिजुली निकाल्न सकिने जेनेरेटर विकसित गरेका छन् ।

हजारौं वर्षदेखि मानिसहरुले विभिन्न उद्देश्यका लागि बगेको पानीबाट बिजुली निकाले । तर, अहिले शरीरमा बग्ने रगतबाट बिजुली निकाल्न सकिने भएको छ । यसका लागि चीनको फुडन विश्वविद्यालयका शोधकर्ताहरुले एक मिलिमिटरभन्दा पनि कम मोटाई फाइबर तयार गरेका छन् । जुन पातलो ट्यूब वा रक्त बाहिकामा बिजुली उत्पन्न हुन्छ ।
वैज्ञानिकहरुले रक्त उर्जा उत्पन्न गर्नका लागि धागो या फाइबर शेपड फ्लूडिक न्योनोजेनेरेटर (एफएफएनजी)लाई इलेक्ट्रोड्ससँग जोडिन्छ र यसमा पानी र नुनको घोलमा डुबाइन्छ । वैज्ञानिकअनुसार शोधको क्रममा एफएफएनजी र घोलको सापेक्षित गतिका कारण बिजुली उत्पन्न हुन्छ । यसबाट उत्पन्न हुने बिजुली अन्यबाट उत्पन्न भएको भन्दा बीस गुणा बढी हुन्छ ।

Facebook Comments

सम्बन्धित समाचार