• होमपेज
  • Uncategorized
  • १३ वर्ष बालिकाले जन्माइन शिशु

१३ वर्ष बालिकाले जन्माइन शिशु

  • मङ्लबार, भदौ २७, २०७४
१३ वर्ष बालिकाले जन्माइन शिशु

बीबीसी,भदौं २७-

बलात्कारपीडित १३ वर्षीया एक बालिकाले शिशु जन्माएकी छन् । तर, उक्त शिशुको दुई दिनपछि मृत्यु भएको छ । सुप्रीम कोर्टले किशोरीलाई गर्भपतनको अनुमति दिए पनि उनले शिशुलाई जन्माएकी थिइन । शिशुको मृत्यु मुम्बईको एक अस्पतालमा भएको हो । अस्पतालका अनुसार उनको गर्भ ३२ साताको थियो र उनले शुक्रबार छोरालाई जन्म दिएकी थिइन् ।

शल्यक्रियामार्फत उनले शिशुलाई जन्म दिएको अस्पतालले जनाएको छ । शिशुको मृत्यु आइतबार भएको थियो । उनी आफ्नै बाबुको साथीबाट बलात्कारको शिकार भएकी थिइन । बलात्कार आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । भारतमा गर्भपतनसँग सम्बन्धित कानुन अनुसार २० साता भन्दा बढीको गर्भपतन गर्न पाइदैन । तर, आमा वा शिशुको ज्यान खतरामा पर्ने अवस्था आए मात्रै यस्तो गर्भपतन गर्न अनुमति पाइन्छ ।

मुम्बइको जेजे अस्पतालमा स्त्रीरोग विशेषज्ञ डाक्टर अशोक आनन्दको नेतृत्वमा पाँच चिकित्सकको टिमले बालिकाको शल्यक्रिया गरेको थियो । डाक्टर आनन्दने सोमबार बीबीसीसँग भने ‘बालिकाको गर्भ त्यस अवस्थामा थियो जहाँ गर्भपतन गराउँदा शिशुको जन्म भयो ।’ उनले अहिले आमाको अवस्था ठीक रहेको र केही दिनमै उनी अस्पतालबाट घर फर्किने बताए ।

Facebook Comments

सम्बन्धित समाचार