• होमपेज
  • Uncategorized
  • देउवा सरकारमा थपिए तीन मन्त्री, चितवनका विक्रम पाण्डेले सम्हाले वन मन्त्रालय

देउवा सरकारमा थपिए तीन मन्त्री, चितवनका विक्रम पाण्डेले सम्हाले वन मन्त्रालय

  • आइतवार, भदौ २५, २०७४
देउवा सरकारमा थपिए तीन मन्त्री, चितवनका विक्रम पाण्डेले सम्हाले वन मन्त्रालय

काठमाडौं, भदौं २५–

प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा (प्रजातान्त्रिक)लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

उहाँले आजै तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्नुभएको र मन्त्री, राज्यमन्त्री नियुक्तिको जानकारी राष्ट्रपति कार्यालयमा दिईसक्नुभएको छ ।

नवनियुक्त मन्त्री र राज्यमन्त्री सपथ भने भोलि (सोमबार) मात्र हुनेछ । सरकारमा राप्रपा (प्रजातान्त्रिक)को तर्फबाट संसदीय दलका नेता दिपक बोहोराले नेतृत्व गर्नुभएको छ । को नेतृत्वमा तीन मन्त्री र एक राज्यमन्त्रीको पठाएको छ ।

बोहोरा विज्ञान, विक्रम पाण्डे वन र सुनिलबहादुर थापा उद्योगमन्त्री बन्नु भएको छ भने रेशम लामाले उद्योग राज्यमन्त्रीको जिम्मेवारी पाउनु भएको छ।भोलि मन्त्रिपरिषद् विस्तारसँगै देउवा सरकार ५४ सदस्यीय हुनेछ । यो अहिलेसम्मकै जम्बो मन्त्रिपरिषद् हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार