• होमपेज
  • Uncategorized
  • काठमाडौँ नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज

काठमाडौँ नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज

  • बुधबार, भदौ २१, २०७४
काठमाडौँ नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज

काठमाडौँ,भदौ २१–

त्रिभुवन विश्वविद्यालयले काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गरेको छ । छानविन समितिको प्रतिवेदन बुझाए लगतै त्रिवि कार्यकारी परिषद्ले नेशनललाई दिएको अस्थायी सम्बन्धन खारेज गर्ने निर्णय गरेको हो ।

सो कलेजको सम्बन्धन खारेज गर्न डाक्टर गोविन्द केसीले दिएको अल्टिमेटमको म्याद सकिएकै दिन आज स्वास्थ्य मन्त्रालयले अस्पताल सञ्चालन अनुमतिबिनै सम्बन्धन पाएको घट्टेकुलोस्थित काठमाण्डु नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज भएको बताएको छ ।

त्यसैगरी डाक्टर गोविन्द केसीको आज बस्ने भनिएको अनसन स्थगित भएको छ । गत साउन ११ गते डा. केसीले नेशनल कलेजको सम्बन्धन तत्काल खारेज नगरे अनसन बस्ने भन्दै १० दिनको अल्टिमेटम दिएका थिए ।

त्रिवि विद्यापरिषद्ले गत शनिवार नै कलेजको सम्बन्धन स्थगित गरेको उल्लेख गरेको थियो । त्यसैगरी स्वास्थ्य मन्त्रालयको छानबिन कमिटीले कलेजको समबन्धन मापदण्ड विपरीत भएकाले शिक्षण अस्पताल बन्द गर्न गृहमन्त्रालयलाई पत्राचार गर्ने बताएको थियो ।

यसअघि त्रिभुवन विश्व विद्यालयले सो कलेजको सम्बन्धन स्थगन गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार