• होमपेज
  • समाचार
  • अब ऋषि धमला पत्नी एलिजा हिरोइन, ‘अनुराग’ लिएर आउँदै

अब ऋषि धमला पत्नी एलिजा हिरोइन, ‘अनुराग’ लिएर आउँदै

  • बुधबार, भदौ २१, २०७४
अब ऋषि धमला पत्नी एलिजा हिरोइन, ‘अनुराग’ लिएर आउँदै

काठमाडौँ, भदौ २१ –

रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाकी पत्नी एलिजा गौतमले चलचित्र निर्माणको घोषणा गरेकी छिन् । उनले निर्माण गर्न लागेको चलचित्रको नाम ‘अनुराग’ राखिएको छ । एलिजा लामो समयदेखि चलचित्रमा अभिनयका लागि दौडधुपमा थिइन् ।

एलिजा गौतमसँग चलचित्रमा मोडल दीपक घिमिरेले रोमान्स गर्ने पक्का भएको छ । काठमाण्डुमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एलिजाले पति ऋषिका कारण आफूले चलचित्र निर्माण र अभिनयमा हात हालेको बताइन् ।

एरिका फिल्मस्ले निर्माण गर्न लागेको यो चलचित्रलाइ सत्यराज चौलागाइले निर्देशन गर्दैछन् । यो चलचित्रको छायांकन पोखरा, काठमाण्ठौ र इलाममा हुनेछ भने करिब १ करोड बजेट यसमा लाग्ने बताइएको छ । चलचित्रमा सरोज खनाल, रुपा राना, निर्मल शर्माको पनि मुख्य भूमिका रहनेछ ।

चलचित्रमा रामकुमार केसीको छायांकन, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, कविराज गहतराको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाइ र अगत केसीको पटकथा तथा संवाद रहनेछ । चलचित्रमा एलिजा अनु र दीपक रागको भूमिकामा देखिनेछन् ।

Facebook Comments

सम्बन्धित समाचार