• होमपेज
  • समाचार
  • धुर्मुस सुन्तलीद्धारा बाढी पीडितका लागि नमूना वस्ती बनाउने घोषणा

धुर्मुस सुन्तलीद्धारा बाढी पीडितका लागि नमूना वस्ती बनाउने घोषणा

  • सोमवार, भदौ १९, २०७४
धुर्मुस सुन्तलीद्धारा बाढी पीडितका लागि नमूना वस्ती बनाउने घोषणा

काठमाडौं,भदौं १९-

पछिल्लो समय समाजसेवाले गरीव दुखीको आँशु पुच्छ्दै समाजसेवामा लागेका हास्य कलाकार दम्पती धर्मुस सुन्तलीले तराईक्षेत्रका डुवान तथा बाढी पीडितहरुका लागि एकीकृत बस्ती निर्माण गर्ने बताएका छन् ।

तराईको बाढीग्रस्त क्षेत्रमा सुने देखीनै उद्दारमा खटिएका र राहत वितरण गर्दै आएका उनीहरुले अव फाउण्डेशनमार्फत एकीकृत वस्ती निर्माण गर्ने घोषणा गरेका हुन् ।धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले पीडितहरुको अवस्थाले आफु मर्माहत भएको पालमुनी कष्टकर जीवन बाँचीरहेकाको लागी यतिबेला बासस्थानको आवश्यकता छ’ धुर्मुसले भावुक हुदै भने, ‘फेरि अर्को मानवीय क्षति नहोस भन्नका लागि पनि हामीलाई एकीकृत नमूना वस्तीको आवश्यकता महशुस भएको हो ।’

फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ले उनीहरुका लागि राहत मात्र भन्दा पनि एउटा वासस्थानको जरुरत भएको र फाउण्डेशनले बाढी पीडितहरुका लागि आएको सहयोग रकमले उक्त नमूना वस्ती निर्माण गर्ने बताइन् । एकीकृत नमूना वस्ती निर्माण गर्ने योजना बनाएपनि कहाँ र कति लागतमा बनाउने भन्ने अझै पनि टुङ्गो नलागेको र छलफलमै रहेको उनीहरुले बताएका छन् ।

फाउण्डेशनले निर्माण गर्ने भनिएको उक्त वस्ती पनि अन्य वस्ती जस्तै बालमैत्री, अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार