• होमपेज
  • समाचार
  • पर्साको ठोरी गाउँपालिकामा मुख्य ४ दलबीच कडा प्रतिस्पर्धा हुने, कसले मार्ला बाजी ?

पर्साको ठोरी गाउँपालिकामा मुख्य ४ दलबीच कडा प्रतिस्पर्धा हुने, कसले मार्ला बाजी ?

  • सोमवार, भदौ १९, २०७४
पर्साको ठोरी गाउँपालिकामा मुख्य ४ दलबीच कडा प्रतिस्पर्धा हुने, कसले मार्ला बाजी ?

हेम चापागाई,

पर्सा (विजयबस्ती) भदौं १९–

स्थानीय तहको तेश्रो चरणको निर्वाचन नजिकिँदै जाँदा पर्साको ठोरी गाउँपालिकामा मुख्य ४ दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओबादी (केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (प्रजातान्त्रिक) का उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा तीब्र रुपमा लागेका छन् । लामो रस्साकस्सी पछि ५ वटा साविक गाबिस (ठोरी, निर्मलबस्ती, सुवर्णपुर, महादेवपाटी र सेढवा) बाट ३ वटा (ठोरी, निर्मलबस्ती र सुवर्णपुर) भएपछि गाउँपालिका अध्यक्ष, उपाध्यक्षलगायतका पदमा कडा प्रतिस्पर्धा हुने देखिन्छ । ठोरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट अध्यक्षमा जरी थिङ् लामा, उपाध्यक्षमा गीता बिष्ट, नेकपा एमालेबाट अध्यक्षमा लालबहादुर श्रेष्ठ, उपाध्यक्षमा गोकुली रेग्मी, नेकपा माओबादी (केन्द्र)बाट अध्यक्षमा पी.एल. श्रेष्ठ, उपाध्यक्षमा शान्ति थिङ्, र राप्रपा (प्रजातान्त्रिक) बाट अध्यक्षमा प्रताप पाख्रिन चुनावी मैदानमा छन् ।

निर्मलबस्ती गाबिसको २ पटक गाबिस अध्यक्ष भईसकेका एमालेका प्रमुख पदका उम्मेदवार श्रेष्ठ साहसी नेताको रुपमा चिनिनुका साथै युवाहरु माझ लोकप्रिय मानिन्छन् भने सुवर्णपुर गाबिसको गाबिस अध्यक्ष भैसकेका नेपाली काँग्रेसका उम्मेदवार लामा बौद्धिक नेता तथा प्रखर बक्ताको रुपमा परिचित छन् । माओबादी( केन्द्र)बाट प्रमुखका उम्मेद्वार तथा माओबादी (केन्द्र)का केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठ (पी.एल) शालिन स्वभावका छन् भने युवाहरुमा बौद्धिक तथा संघर्षशील नेताको रुपमा परिचित छन् । त्यस्तै राप्रपा (प्रजातान्त्रिक) बाट प्रमुख पदका उम्मेदवार पाख्रिन जाँगरिलो युवा नेता तथा सहयोगी नेताको रुपमा चिनिन्छन् ।

चुनावको मिति नजिकिदै जाँदा यी चारदलका नेताहरुले चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रमलाई तीब्र पारेका छन् । सयौंको संख्यामा मोटरसाईल र चारपाङ्ग्रे गाडीहरुमा राजनीतिक दलका झण्डा, ब्यानर आदी टाँगेर चुनावी प्रचार–प्रसारमा उत्रिएका दलहरुमध्येबाट को उम्मेदवारले बाजी मार्ने हो भन्ने आँकलन गर्न पनि नसकिएको बिजयबस्तीका स्थानीय उद्धव न्यौपाने बताउँछन् ।

यसअघि घोषणा भएर पनि २ पटक सम्म सरेको र तेश्रो चरणकोे निर्वाचनको उम्मेद्वारी दर्ता गर्न २ दिन मात्र बाँकी हुँदाको यो चुनावी माहोलले निकट भविष्यमै एउटा प्रभावशाली नेतृत्व प्राप्त गरी स्थानीय समस्याहरु सुल्झाउन स्थानीय हरु प्रतिक्षारत रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार