• होमपेज
  • समाचार
  • चितवनका बाढीपिडित विधार्थीलाई स्टेशनरी सहयोग

चितवनका बाढीपिडित विधार्थीलाई स्टेशनरी सहयोग

  • सोमवार, भदौ १९, २०७४
चितवनका बाढीपिडित विधार्थीलाई स्टेशनरी सहयोग

चितवन,भदौं १९-

चितवनको कालिका नगरपालिका वडा नं. ६ सगनुटोल स्थित श्री आधारभूत विद्यालय रेडक्रसग्राममा अध्ययनरत बाढीपिडित विद्यार्थीहरुलाई स्टेशनरी सहयोग गरिएको छ । लायन्स क्लव इन्टरनेशनल ३२५ ए २ अन्तर्गत नेपाल–जापान फ्रेन्ड्ससिप लायन्स क्लव, फुकुओका (क्युशु) जापानको सहयोगमा गत श्रावण २९ गतेको बाढीबाट पिडित विद्यार्थीहरुलाई कापी, कलम, पेन्सिल, इरेजर सहयोग गरिएको हो ।

नेपालबाट अध्ययनको शिलसिलामा जापान पुगेका नेपालीहरुले स्थापना गरेको सो क्लवका सदस्यहरुबाट रकम संकलन गरी स्टेशनरी सहयोग उपलब्ध गराएको क्लवका प्रथम उपाध्यक्ष दिलिप लामिछानेले बताए । आज विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई सो स्टेशनरी सहयोग गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लव अफ चितवन कालिकाका प्रथम उपाध्यक्ष शिशिर सिंखडा, विशिष्ट अतिथि कालिका नगरपालिका वडा नं. ६ का महिला वडा सदस्य दुर्गा सुवेदी, विद्यालयका प्रधानाध्यापक नन्दलाल लामिछाने, नेपाल–जापान फ्रेन्ड्ससिप लायन्स क्लव, फुकुओका (क्युशु) जापानका प्रथम उपाध्यक्ष दिलिप लामिछाने लगायतले संयुक्त रुपमा विद्यार्थीहरुलाई सो स्टेशनरी हस्तान्तरण गरेका थिए ।

क्लवका सहसचिव विक्रम कोइरालाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम क्लवका प्रथम उपाध्यक्ष दिलिप लामिछानेको अध्यक्षतामा भएको थियो । कार्यक्रमका वक्ताहरुले लायन्स क्लवले समाजमा पु¥याएको सामाजिक योगदानको चर्चा गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लव अफ चितवन कालिकाका प्रथम उपाध्यक्ष शिशिर सिंखडा, विशिष्ट अतिथि कालिका नगरपालिका वडा नं. ६ का महिला वडा सदस्य दुर्गा सुवेदी, विद्यालयका प्रधानाध्यापक नन्दलाल लामिछाने, विद्यालयका शिक्षक दिपक लामिछाने, विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष बुद्धीप्रसाद पोख्रेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार