• होमपेज
  • Uncategorized
  • अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा

अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा

  • आइतवार, भदौ १८, २०७४
अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा

चितवन,भदौ १८ –

ठाउँ ठाउँमा पहिरो गएपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा आएको छ ।

५ किलो र जलबीरेको बीच भागमा पर्ने तुइनमा खसेको ठूलो ढुंगा पन्छाएपछि दिउँसो साढे २ बजेपछि सडक सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले जानकारी दिए । बाटो खुलेसँगै सवारी साधन गन्यव्यतर्फ पठाइएको उनले बताए ।

लगातारको वर्षाले गर्दा सडक खण्डको जलबीरे, चारकिलो, भालुढुंगा र मुग्लिनको मुखमा पहिरो खसेको थियो । बाटो बन्द हुँदा दासढुंगा, मुग्लिन, नारायणगढमा गाडी रोकिएका थिए । पहिरो पन्छाउन बिहानैबाट सुरु गरिएको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ । आयोजनाका इन्जिनियर शिव खनालका अनुसार ढुंगो ठूलो भएकाले हटाउन समय लागेपछि सडक सञ्चालनमा आउन ढिलाई भएको हो ।

मुग्लिन सडक खण्डमा पटकपटक अवरोध हुँदै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार