• होमपेज
  • अर्थ/वाणिज्य
  • सिटिजन्स बैंकको ६० औं शाखा पाल्पाको छहरामा

सिटिजन्स बैंकको ६० औं शाखा पाल्पाको छहरामा

  • आइतवार, भदौ १८, २०७४
सिटिजन्स बैंकको ६० औं शाखा पाल्पाको छहरामा

पाल्पा, भदौं १८–

नेपालको बैंकिंङ क्षेत्रमा पृथक पहिचान बनाउन सफल सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६० औं शाखा पाल्पाको छहरामा संचालनमा ल्याएको छ । आज एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जीवी नेपालले बैंकको शाखा कार्यालयको उद्घाटन गर्नुभयो । शाखा उद्घाटन समारोहमा उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, ब्यापारी, नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

छहारा शाखाको बिधिबत समुद्घाटनसंगै सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहक महानुभाबहरुलाई देशभरी फैलिएका यस बैंकको ६० वटा शाखा, ५९ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ३ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।. साथै आफ्नो ग्राहकवर्गलाई रेमिट्यान्स सेवा, ड्राफट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा ईन्टरनेशनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सविधाहरु तथा कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुबिधाहरु पनि उपलब्ध गराउदै आएको छ ।

सो समारोहमा सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत बैंकले गभर्नरकै हातबाट श्री भैरव नवदिप माध्यामिक विद्यालयलाई १ थान कम्प्यूटर र श्री महाकाली माध्यामिक विद्यालयलाई १ थान कम्प्यूटर गरी २ थान कम्प्यूटर हस्तान्तरण गरेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्नाग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बैंकका प्रमुख प्रशासकीय अधिृकत उमंग शर्माले जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि