• होमपेज
  • प्रविधि
  • भोजपुरमा विद्युत् अवरुद्ध हुँदा रेडियो बन्द

भोजपुरमा विद्युत् अवरुद्ध हुँदा रेडियो बन्द

  • आइतवार, भदौ १८, २०७४
भोजपुरमा विद्युत् अवरुद्ध हुँदा रेडियो बन्द

भोजपुर, भदौ १८ –

तीन दिनयता विद्युत् अवरुद्ध हुँदा जिल्लामा रहेका रेडियोको नियमित प्रसारण बन्द भएको छ ।

सदरमुकामबाट प्रसारण गर्दैआएका ‘रेडियो भोजपुर ९३.८’, ‘चोमोलुङमा एफएम। ९८.६’ र उन्नति एफएम ९२.८’को बिहान ५ बजेदेखि बेलुकी १० बजेसम्मको नियमित प्रसारण बन्द भएको हो ।

विद्युत् अवरुद्ध हुँदा एकातिर इलेक्ट्रोनिक पसल तथा विद्यार्थीको जनजीवनसमेत कष्टकर बनेको छ । यता नियमित विद्युत् प्रवाह नहुँदा छापाखाना, उद्योग तथा दुग्ध व्यवसायलाई प्रत्यक्ष असर पु¥याएको छ । निरन्तरको वर्षाले ठाउँठाउँका सडक समेत ठप्प छ । मौसमका कारण हवाई सेवासमेत प्रभावित हुँदा जिल्लाबाट बाहिरिने र भित्रिने यात्रुलाई समस्या भएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार