• होमपेज
  • Uncategorized
  • चितवनबाट ओलीको उद्घोषः जतिसुकै ठुलो मोर्चाबन्दी भएपनि एमालेको विजयी यात्रा रोकिदैन

चितवनबाट ओलीको उद्घोषः जतिसुकै ठुलो मोर्चाबन्दी भएपनि एमालेको विजयी यात्रा रोकिदैन

  • आइतवार, भदौ १८, २०७४
चितवनबाट ओलीको उद्घोषः जतिसुकै ठुलो मोर्चाबन्दी भएपनि एमालेको विजयी यात्रा रोकिदैन

चितवन भदौ १८ – 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असोज २ गते प्रदेश नम्बर दुईमा हुने स्थानीय तहको चुनावमा एमाले पहिलो पार्टी बन्ने दावी दोहो(याएका छन् ।

ओलीले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको चुनावमा पनि पहिलो पार्टी बनेर सरकारको नेतृत्व गर्ने दावी गरे । चितवनको भरतपुरमा अनेरास्ववियुको केन्द्रिय कमिटि र राष्ट्रिय परिषद्को विस्तारित बैठकलाई आइतवार सम्वोधन गर्दै अध्यक्ष ओलीले ‘धुपौरेहरु’का कारण एमालेको विजययात्रा नरोकिने दाबी गरेका हुन् ।

‘राज्यका संयन्त्रको चरम दुरुपयोग गरेर, धादली गरेर मतपत्र च्यातेर हारेकोलाई जिताउदा समेत एमाले प्रमुख पार्टीको हैसियत हालिस गर्न सफल भयो’ ओलीले भने, ‘असोज २ गतेको चुनावमा एमाले कम्तिमा पहिलो पार्टी बन्छ ।’

ओलीले एमाले बिरुद्ध कांग्रेस र माओवादीको गठबन्धनले आफ्नो पार्टीलाइै चुनाव जित्न रोक्न नसक्ने दावी गरे । ‘हाम्रा विरुद्ध अनेक मोर्चाबन्दी भएको छ, पार्टीहरु मिल्दैमा आत्तिनु पर्दैन, ती पार्टी कत्रा छन् ?अनेरास्ववियु जत्रा पार्टी कतिवटा छन् ?’ उनले प्रश्न गरे ।

कार्यक्रममा ओलीले कांग्रेस र माओवादीको आलोचना गरे । उनले कांग्रेसले आफूलाई लोकतान्त्रिक पार्टी भन्न लाज मान्नु पर्ने टिप्पणी गरे ।

‘क्यारेम्बोडको गोटी बच्चाले हान्छ, जानेको त हुँदैन, तर कुनै न कुनै गोटी गएर प्वालमा छिर्छ । माओवादीको गोटी त्यसैगरी छिर्यो, ०६४ सालको चुनावमा भवितव्य भयो । फेरि त्यो दोहोरिनेवाला छैन इतिहासमा । मैले त उसैबेला भनेको थिए– तातोलागेको बेला २ माना दूध एकपाथीको भाडोमा नअटाएर पोखिन्छ’ ओलीले भने, ‘माओवादीको उम्लिने समय सिद्धियो, अब दाउरा पनि छैन, ग्यास पनि छैन् !’

कांग्रेस अनेरास्ववियु जत्रो !

एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसलाई एमालेको भातृ संगठन अनेरास्ववियु भन्दा अलि ठूलो भएको टिप्पणी गरे । ‘एउटा अनेरास्ववियु जत्रा पार्टी कतिवटा छन् ? कांग्रेस भएको भए हामी छौ भनेर हात उठाउथ्यो ।

अनेरास्ववियु जत्रै छ कि अझ ठूलो चुनावमा हेरौला ! अरुले त अनेरास्ववियुसँग हात उठाउन पनि सक्दैनन् ? ३३ पार्टी मिल्छन, मिलेर हुन्छ के ? ३३ पार्टीको जुलुमा ३४ जना मानिस हुन्छन् ।’

Facebook Comments

सम्बन्धित समाचार