• होमपेज
  • समाचार
  • मोरङमा जिप दुर्घटना, दुईको मृत्यु

मोरङमा जिप दुर्घटना, दुईको मृत्यु

  • आइतवार, भदौ १८, २०७४
मोरङमा जिप दुर्घटना, दुईको मृत्यु

मोरङ, भदौ १८–

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान स्कारपिओ जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा१६च ४७५७ नंको स्कारपिओ जिप बिहान ४ः३० बजे सडकबाट खसेर रुखमा ठोक्किएको थियो । दुर्घटनामा मोरङ पथरी शनिश्चरे नगरपालिका–२ का ३२ वर्षीय रामप्रसाद राई र झापा कन्काई नगरपालिकाकी २१ वर्षीया विमला राईको मृत्यु भएको इप्रका बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिनुभयो ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी झापा भद्रपुर–१ की १८ वर्षीया रेणु राईको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

स्कारपिओ पूर्णरुपमा क्षतिग्रस्त भएको छ । प्रहरी निरीक्षक कटुवालका अनुसार स्कारपिओका चालक अहिलेसम्म प्रहरीको सम्पर्कमा छैनन् । दुर्घटनामा चालक पनि घाइते भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । –रासस

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)