• होमपेज
  • समाचार
  • पाल्पामा युवकको धारिलो हतियारद्धारा हत्या

पाल्पामा युवकको धारिलो हतियारद्धारा हत्या

  • आइतवार, भदौ १८, २०७४
पाल्पामा युवकको धारिलो हतियारद्धारा हत्या

पाल्पा, भदौ १८–

रामपुर नगरपालिका–४ देवीस्थानमा शनिबार साँझ एक युवकको हत्या भएको छ ।

हत्या हुनेमा रामपुर चिहानडाँडाका २८ वर्षीय ओमबहादुर खाँण रहेका छन् । खाना खाएर गल्लीमा बसिरहेको अवस्थामा एक्कासि उनको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।

हत्यापछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरी अस्पताल पुर्‍याए पनि उनको बाटैमा मृत्यु भएको थियो । कृष्णकमल चौधरीले कुटोले हिर्काएर उनको हत्या गरेको बुझिएको छ । पाल्पाका प्रहरी उपरीक्षक डिल्लीरमण पन्तले अभियुक्तको खोजी भइरहेको बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार