• होमपेज
  • देश
  • आज बकर ईद (इदुल जोहा) मनाईदै, सरकारद्धारा सार्वजनिक बिदा

आज बकर ईद (इदुल जोहा) मनाईदै, सरकारद्धारा सार्वजनिक बिदा

  • आइतवार, भदौ १८, २०७४
आज बकर ईद (इदुल जोहा) मनाईदै, सरकारद्धारा सार्वजनिक बिदा

काठमाडौँ, भदौ १८–

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । यो पर्व मनाउन आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

हिजरी संवत् अनुसार १४३६ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष निर्दोष अलीले जानकारी दिनुभयो ।

“अल्लाहको आदेश इब्राहिमलाई तेरो नजिकको प्यारो चीज कुर्वान (बलिदान) दे भन्ने थियो, जसअनुसार इस्माएल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाह आफैँ आएर परीक्षामा उत्तीर्ण भइस्, यो भेडालाई बलिदान गर् भनी आदेश दिनुभयो, यही घटनाका आधारमा यो पर्व मनाउन सुरु भएको हो”–पर्वको ऐतिहासिक पृष्ठभूमि बताउँदै उहाँले भन्नुभयो ।

मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउनुहुन्छ । यसले यो पर्व एवम् धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गर्नुभएको थियो ।

“जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय मदरसामा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ”– उहाँले भन्नुभयो ।

बकर इदमा उपराष्ट्रपतिको शुभकामना

उपराष्ट्रपति नन्दबहादुर पुनले इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर इद (इद–उल–जोहा) का अवसरमा सम्पूर्ण मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना दिँदै उहाँले यस पावन पर्वको माध्यमबाट नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधिनतालाई अझै बलियो बनाउन नेपालका सम्पूर्ण जातजाति, भाषाभाषी, धर्म, संस्कृति र भूगोलका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने बताउनुभएको छ ।

सन्देशमा उहाँले आफूहरूको प्रमुख कार्यभार संविधान कार्यान्वयन, आर्थिक, सामाजिक रुपान्तरणसहितको समृद्ध राष्ट्र निर्माण र बलियो राष्ट्रिय एकताका लागि सहमति, सहयोग र सहकार्यको बाटोमा अगाडि बढ्न सबै नेपालीलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

बहुधार्मिक विविधता नै नेपालको विशेष पहिचान–प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर इद ९इद–उल–जोहा० का अवसरमा सम्पूर्ण मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आज एक शुभकामना सन्देश दिँदै मुलुकभित्रको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विविधता नै नेपालको विशेष पहिचान हो भन्दै यसले समाजलाई पारस्परिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा भनिएको छ, “संविधानमा रहेको राष्ट्रिय मुस्लिम आयोगको गठनसम्बन्धी व्यवस्थाले मुसलमान समुदायको समस्या समाधान गर्न र थप अधिकार प्राप्त गर्न उपलब्धिमूलक हुनेछ भन्ने मैले विश्वास लिएको छु । प्राप्त उपलब्धिको जगमा अहिले देखिएका असन्तुष्टिको सम्बोधन गर्दै विकास र प्रगतिसहितको समुन्नत समाज निर्माण गर्न सबैको सकारात्मक भूमिकाको मैले अपेक्षा गरेको छु ।”

प्रधानमन्त्री देउवाले यस पर्वले आम मुस्लिम समुदायलाई स्वतन्त्रता र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा देओस्, संविधानको सफल कार्यान्वयनसहित राष्ट्रियता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन सबैलाई अभिप्रेरित गर्न सकोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

अध्यक्ष गच्छदारद्वारा इदको शुभकामना

उपप्रधानमन्त्री तथा नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर इद (इद–उल–जोहा) का अवसरमा सम्पूर्ण मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले आज एक शुभकामना सन्देश दिँदै मुस्लिम दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

यसै अवसरमा राष्ट्रिय मुस्लिम आयोगले पनि शुभकामना दिँदै यस पर्वले सम्पूर्ण नेपालीहरूमा धार्मिक एवम् सामाजिक सद्भाव स्थापित भई देशमा राष्ट्रिय एकता कायम हुने विश्वास व्यक्त गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा