• होमपेज
  • Uncategorized
  • जर्मनीको लगातार सातौं जित, विश्वकपको यात्रा बलियो

जर्मनीको लगातार सातौं जित, विश्वकपको यात्रा बलियो

  • शनिबार, भदौ १७, २०७४
जर्मनीको लगातार सातौं जित, विश्वकपको यात्रा बलियो

एजेन्सी,भदौं १७ –

विश्व विजेता जर्मनीले विश्वकप फुटबल छनौट हुने सम्भाव कायमै राखेको छ । रुस विश्वकप फुटबल २०१८ को छनौट अन्तर्गत शुक्रबार राति भएका खेलमा जर्मनीले चेक गणतन्त्रलाई २–१ ले पराजित गरेको हो ।

युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘सी’ मा रहेको जर्मनीले चेक गणतन्त्रलाई हराउने क्रममा टिमो वर्नर र म्याट्स हमल्सले गोल गरे । चेक गणतन्त्रका लागि भ्लादिमिर डारिडाले एक गोल गरे ।

चौथो मिनेटमा नै वर्नरको गोलबाट जर्मनीले अग्रता लियो । तर ७८ औं मिनेटमा चेक गणतन्त्रका लागि डारिडाले बराबरी गोल फर्काए । खेलको अन्तिम तिर, ८८ औं मिनेटमा हमल्सले गोल गर्दै जर्मनीलाई जित दिलाए । सात खेलबाट २१ अंक जोडेको जर्मनी समूहको शीर्ष स्थानम छ ।

Facebook Comments

सम्बन्धित समाचार