• होमपेज
  • अर्थ/वाणिज्य
  • भरतपुरमा खुल्यो रोडवेज होटल

भरतपुरमा खुल्यो रोडवेज होटल

  • शनिबार, भदौ १७, २०७४
भरतपुरमा खुल्यो रोडवेज होटल

चितवन, भदौं १७–

चितवनको भरतपुरमा होटल रोडवेज संचालनमा आएको छ।

आज एक कार्यक्रमकाबीच भरतपुर–१२ गोन्द्राङमा रहेको सो होटेलको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले मानव जीवनसंग प्रत्यक्ष जोडिने होटल व्यवसाय सफा सुग्घर हुनुको साथै गुणस्तरीय खाद्य पदार्थ विक्री वितरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विदेशबाट आएर नेपालमै केही गर्छु भन्ने युवालाई प्रोत्साहन गर्नुपर्ने भन्दै सबै तहतप्काबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।

सञ्चारकर्मी समेत रहेका युवा सचिन भट्टराईले सो होटल संचालनमा ल्याउनुभएको हो । यस होटल शान्त वातावरण र रमणीय स्थानमा छ । एक वर्षअघि बैदेशिक रोजगारीका लागि चिली पुगेका भट्टराई कडा परिश्रम गरेर केही पैसा आर्जन त गरे तर उनलाई आत्मसन्तुष्टि भने भएन । बिदेशमा गरेको जति दुःख स्वदेशमा नै गर्ने हो भने, विदेशमा जति नै कमाई गर्न सकिन्छ भन्ने निश्कर्षमा पुगेर भट्टराई स्वदेश फर्किए ।

होटल व्यवसायको क्षेत्रमा केही गर्ने उदेश्य र केहिलाई रोजगार दिने उदेश्य राखेर व्यवसायमा लागेको भट्टराईले बताउनुभयो । उहाँले विदेशमा सिकेको सिप प्रयोग गरेर नै नेपालमा आत्मनिर्भर बन्ने अभियान चलाउनुपर्ने बताए ।

कार्यक्रम डा.धनेश्वर भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि