• होमपेज
  • समाचार
  • २२५औँ हप्ताको वाग्मती सफाइमा विमान परिचारिका

२२५औँ हप्ताको वाग्मती सफाइमा विमान परिचारिका

  • शनिबार, भदौ १७, २०७४
२२५औँ हप्ताको वाग्मती सफाइमा विमान परिचारिका

काठमाडौँ,भदौ १७ –

वाग्मती सरसफाइको २२५औँ हप्ताको कार्यक्रम आज सम्पन भएको छ ।

सिनामंगलस्थित वाग्मती पुलसँगै नदीका आसपासका पाँच टन फोहर संकलन गरिएको थियो । कार्यक्रममा वाग्मती सभ्यता अभियानकर्मी, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका साथै विभिन्न संघसंस्थाको सहभागिता थियो ।
सिजन मिडियाद्वारा आयोजित मिस एयर होस्टेज, २०१७ मा सहभागी ४० प्रतियोगी पनि सहभागी भई वाग्मती सफाइमा सहयोग गरेका थिए । विमान परिचारिकाहरुलाई सामाजिक कर्तव्य र उत्तरदायित्वका बारेमा जानकारी हासिल होस् भन्ने उद्देश्यले तिनलाई कार्यक्रममा सहभागी गराइएको हो । आगामी असोज २ गते मिस एयर होस्टेज, २०१७ को अन्तिम प्रतियोगिता हुनेछ ।

विभिन्न तालीम सेन्टरमा एयरहोस्टेजसम्बन्धी तालीम लिइरहेका र लिइसकेका युवतीलाई ध्यानमा राखी उनीहरुको विमान परिचारिका बन्ने सपना पूरा गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको कार्यक्रम सञ्चालक प्रदीपराज वन्तले बताउनुभयो । यो मिस एयरहोस्टेजको चौथो संस्करण हो । – रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा