चीनको ग्वांगझाउस्थित ग्वांगडोंगमा आयोजित कार्यक्रममा ‘डब्लुएल इन्टेलिजेन्ट टेक्नोलोजि कम्पनि’ले निर्माण गरेको एक हजार ६९ ओटा रोबोटले एकसाथ नाचेर विश्व कीर्तिमान कायम गरेका हुन् ।
‘गिनिज बुक वर्ल्ड रेकर्ड‘का अनुसार ‘सबैभन्दा धेरै रोबोटको एकसाथ नृत्य’ शीर्षकमा यसअघिको एक हजार सातओटा रोबोटको कीर्तिमानी भंग गर्दै डब्लुएल इन्टेलिजेन्टका रोबोटहरुले गत बिहीबार विश्व कीर्तिमानी कायम गरेका हुन् ।
शुक्रबार आयोजित कार्यक्रममा सबै रोबोटहरुलाई कम्पनिले एकसाथ राखेर गीत बजाएको र उक्त गीतमा सबै रोबोटहरुले एकासाथ एउटै लयमा नृत्य गरेको गिनिज बुक वर्ल्ड रेकर्डले उल्लेख गरेको छ ।
गिनिज बुकले भनेको छ, ‘नृत्यको क्रममा केहि रोबोटहरु लडेका थिए । तर, ती रोबोटहरुको गणना भने गरिएको छैन् । ’
डब्लुएल इन्टेलिजेन्ट टेकले निर्माण गरेको ती रोबोटहरुले नृत्यको साथसाथै मानिसहरुसँग दोहोरो कुराकानी र मानिसले गर्ने विभिन्न क्रियाकलापको नक्कलसमेत गर्न सक्ने बताएको छ ।
यसअघि ‘सबैभन्दा धेरै रोबोटको एकसाथ नृत्य’ शीर्षकमा विश्व कीर्तिमानी चिनियाँ कम्पनि ‘एभर वीन’ले बनाएको एक हजार सात ओटा रोबोटको नृत्यमा रहेको थियो । – एजेन्सी
भिडियो हेर्नुस्