• होमपेज
  • समाचार
  • वामदेव गौतम नयाँ पार्टी खोल्ने तयारीमा

वामदेव गौतम नयाँ पार्टी खोल्ने तयारीमा

  • मङ्लबार, माघ १८, २०७८
वामदेव गौतम नयाँ पार्टी खोल्ने तयारीमा

राष्ट्रियसभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । उनीनिकट स्रोतले नयाँ दल दर्ताको सम्पूर्ण तयारी भैसकेको जनाएको छ । पछिल्लो समय नेता गौतम निश्क्रियजस्तै थिए । तर, उनी भित्रभित्रै नयाँ दल दर्ताको लागि जुटेको रहस्य खुलेको छ ।

एमालेको उपाध्यक्षबाट राजीनामा दिएका गौतम तत्कालिन नेकपा हुँदा पार्टी एकताको पक्षमा उभिएका थिए । पछि माधव नेपालले एमालेमा रहँदा अध्यक्ष केपी शर्मा ओलीसँग संघर्ष गर्दापनि नेता गौतम पार्टी एकताको पक्षमा भन्दै बीचमा उभिएका थिए । कतिपयले उनले नयाँ दल दर्ता गरेर माधव नेपालको पार्टीसँग एकता गर्न खोजेको पनि चर्चा गरेका छन् । तर, गौतमले भने यसबारेमा अहिले नै मुख खोलेको छैनन् ।

Facebook Comments

सम्बन्धित समाचार