• होमपेज
  • समाचार
  • राष्ट्रिय सभा निर्वाचनको परिणाम प्रतिकुल आउनसक्छ : अध्यक्ष ओली

राष्ट्रिय सभा निर्वाचनको परिणाम प्रतिकुल आउनसक्छ : अध्यक्ष ओली

  • शुक्रबार, पुस २३, २०७८
राष्ट्रिय सभा निर्वाचनको परिणाम प्रतिकुल आउनसक्छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनको परिणाम प्रतिकुल आउनसक्ने बताएका छन् ।

शुक्रबार नेकपा (एमाले)को जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई पार्टी कार्यालय थापाथलीबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय सभा निर्वाचनको परिणाम प्रतिकुल आउनसक्ने भन्दै आफूहरुको लागि अनौठो नहुने बताएका छन् ।

उनले जनादेश विपरित गठन भएको गठबन्धनका कारण राष्ट्रियसभाको निर्वाचन यथार्थको जनादेश नहुने पनि बताए । उनले एमाले एक्लै अरुभन्दा मजबुत र माथि रहेको दाबी पनि गरेका छन् ।

केही दलले गठबन्धनलाई चूनावसम्म टिकाउनुपर्छ भन्ने गरेको भन्दै अध्यक्ष ओलीले कमजोरलाई गठबन्धन चहिएको जिकिर गरे । अध्यक्ष ओलीले एमाले सरकारले गरेको बिकासको कामप्रति अतालिदै असवैधानिक ढंगले सरकार ढालिएको भन्दै परामदेशबाट बनेको सरकारले नेपाललाई विकासको बाटोमा अघि लाग्न नसक्ने बताए ।

वर्तमान सरकारले पूर्वाधार निर्माणमा, आर्थिक क्षेत्र, शिक्षा क्षेत्र ध्वस्त पारेको आरोप उनले आरोप लगाए । आफूहरु जनताको पार्टी भएकाले नै एमाले फेरि जनादेश पाउने दिशातर्फ अग्रसर भइरहेको उनको भनाइ छ । ओलीले जनतालाई सचेत गराउन अब जिल्ला अधिवेशनले त्यसमा नेतृत्व गर्न क्षमता निर्माण गर्नुपर्ने बताएका छन् ।

६१ जिल्लामा एकैपटक उद्घाटन गरिएको एमाले जिल्ला अधिवेशन हिमाली जिल्लालगायत केही जिल्लामा अर्को दिन हुने एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि