नेकपा एमालेको प्रदेश अधिवेशन माघ २८ र २९ गतेका लागि सरेको छ ।
यसअघि माघ ८ गतेका लागि तोकिएको सबै प्रदेशको अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।
केही जिल्लाको अधिवेशन नसकिने भएको र कोरोना महामारी पनि फैलिएकाले अधिवेशन सारेको उनले बताएका छन् ।