• होमपेज
  • म्यूजिक भिडियो
  • प्रमोद खरेलको आवाजमा म भन्दा नि २ को अफिसियल भिडियो सार्वजनिक । (भिडियो सहित )

प्रमोद खरेलको आवाजमा म भन्दा नि २ को अफिसियल भिडियो सार्वजनिक । (भिडियो सहित )

  • शुक्रबार, फाल्गुन २१, २०७७
प्रमोद खरेलको आवाजमा म भन्दा नि २ को अफिसियल भिडियो सार्वजनिक । (भिडियो सहित )

चर्चित गीत म भन्दा निको सफलतापछि तिमी बिना बांच्दिन म भन्ने तिमी  (म भन्दा नि २)  केहि समयअघि सार्वजनिक भयो । जसको पहिलो अनि दोश्रो भागलाई नै गाएकी थिइन् अहिलेकी चर्चित अनि सुमधुर स्वरकी धनि मेलिना राईले । अफिसियल भिडियो विनानै सार्वजनिक गरिएको म भन्दा निको पहिलो गीतलाई युट्युबको अफिसियल च्यानलमा एक करोड ४५  लाख भ्युज आईसकेको छ भने दोश्रो भाग पनि ८२  लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् ।

धेरै श्रोता दर्शकले म भन्दा नि २ लाई तिमी विना बाच्दिँन म भन्ने तिमी बोलबाट पनि चिन्छन् कारण गीत सार्वजनिक भएलगत्तै गीतको तिमी विना बाच्दिँन म भन्ने भाग टिकटकमा भाईरल भयो । नाम चलेका कलाकारदेखि हजारँौले यो गीतमा टिकटक भिडियो बनाए ।

भिडियोमा आएका अधिकांश कमेन्टहरु सकारात्मक रहेका छन् । पहिलो भागमा पुरुष भर्जनको गाएकी सविन लिम्बुको रहेको थियो जसको भ्युज पनि ४०  लाख भन्दा बढी रहको छ । दाश्रो भाग तिमी बिना बाच्दिन म भन्ने तिमी   मेलिना राईको स्वरमा सार्वजनिक भएलगत्तै  धेरै श्रोता दर्शकले म भन्दा नि २ पुरुष आवाजमा पनि सुन्न चाहेका थिए ।

धेरै श्रोता दर्शकले प्रमोद खरेलको आवाजमा सो गीत सुन्न चाहेको कमेन्टमा चाहना राखेको थिए । सोही अनुरुप प्रमोद खरेलको आवाजमा म भन्दा नि २ बजारमा आएको छ । जसमा शव्द, संगीत, एरेञ्ज राज कुमारको रहेका छ भने रेकर्डिङ अजय सिंह कार्की अनि मिक्सिङ चन्द्र चौधरीको रहेको छ ।

अकष्टिक नेपाल स्टुडियोमा रेकर्डिङ गरिएको गीतलाई एक्का कम्पनीको आधिकारिक च्यानलबाट सार्वजनिक गरिएको छ । सिआरबिटी , पिआरबिटी राख्न चाहने दर्शक, श्रोताहरुको लागि गीतसँगै एनटिसी, एलसेल र स्मार्ट सेलका नम्बरहरु पनि उपलव्ध गराइएको  छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने