• होमपेज
  • मनोरञ्जन
  • दर्शकको रोजाइमा रुकमान र मेलिनाको ‘धेरै माया गर्छु’ ( भिडियो )

दर्शकको रोजाइमा रुकमान र मेलिनाको ‘धेरै माया गर्छु’ ( भिडियो )

  • शनिबार, फाल्गुन २२, २०७७
दर्शकको रोजाइमा रुकमान र मेलिनाको ‘धेरै माया गर्छु’  ( भिडियो )

पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र मोडल तथा गायक रुकमान लिम्बूको स्वरमा ‘धेरै माया गर्छु’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा आफूलाई मनपर्ने प्रेमिकाप्रति कतिसम्म समर्पित गर्न सकिन्छ भन्ने भाव चित्रण गरिएको छ ।
हङकङको समुद्री तट तथा विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको यो भिडियो रुबुशा क्रियशनको अफिसियल यु–ट्युब च्यानल

‘रुबुशा च्यानल’मार्फत गत सोमबार सार्वजनिक गरिएको हो । यो भिडियोलाई पूर्णरुपमा फिल्मीशैलीमा निर्माण गरिएको छ ।
युगल पोमू लिम्बूले निर्देशन गरेको यस भिडियोमा गायक रुकमान लिम्बू, नेहा राई र हेमराज अन्छोङ्बो फिचरिङ छन् । कलाकारको अभिनयमा खोट लगाउने ठाउँ छैन । यो भिडियो हेरेपछि नेपाली म्युजिक भिडियो पनि स्तरिय बन्दोरहेछ भन्ने आभाष हुन्छ ।
भिडियोमा रुकमानले आफ्नी प्रेमिकाको लागि दृष्टिदान गरेका छन् ।

भिडियोलाई रोमान्टिक तवरले प्रस्तुत गरिएको भएपनि कथाले उठान गरेको विषय मर्मस्पर्शी छ । अहिलेको आधुनिक जमानामा पनि युवाहरु प्रेममा कतिसम्म समर्पित छन् भन्ने भिडियोको सार हो । गीतको बोल ‘धेरै माया गर्छु’ भनेजस्तै रुकमानले प्रेमिकालाई आफ्नो आँखादान गरे आफूलाई भन्दा बढी माया दिएका छन् ।

गीतका डम्बर नेपालीको शब्द तथा संगीत रहेको छ । भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन रहेको यस भिडियोलाई दर्शक तथा श्रोताले मन पराएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि