• होमपेज
  • म्यूजिक भिडियो
  • दुर्गेश थापा र निता ढुंगानाको फिचरिंगमा बिमलको “मेरो हजुर” सार्बजनिक (भिडियो सहित)

दुर्गेश थापा र निता ढुंगानाको फिचरिंगमा बिमलको “मेरो हजुर” सार्बजनिक (भिडियो सहित)

  • बिहिबार, मंसिर ४, २०७७
दुर्गेश थापा र निता ढुंगानाको फिचरिंगमा बिमलको “मेरो हजुर” सार्बजनिक (भिडियो सहित)

ब्यवसाहिकता जस्तो सुकै भएता पनि नेपाली गीत संगीतको माध्यमबाट सामाजको आवाज बुलन्द गरिरहेका सर्वप्रिय गायक तथा सर्जक बिमल डाँगीको पछिल्लो सांगीतिक प्रस्तुति “मेरो हजुर” प्रकासनमा आएको छ । डोल्पा जिल्लामा जन्मिएर काठमाण्डौलाई आफ्नो सांगीतिक पाठसाला बनाएका उनले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् । “उनको पानसमा बत्ति बालेको, फापरको पिठो पठाईदेउ आमा, पागलै बनौला, तिमि बाट म टाढा हुँदै छु, लगाएतका थुप्रै गीतहरु आज पनि अशंख्य श्रोता तथा दर्शकहरुको उच्च रोजाईमा परिरहेका छन् ।

उनै गायक तथा सर्जक बिमल डाँगीले पछिल्लो सांगीतिक प्रस्तुति “मेरो हजुर” ले पनि अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्ने देखिन्छ ।  किन कि गीतमा प्रयोग भएका लय शब्द तथा स्वरले माया प्रेमको बन्धनमा बाँधिएका जोडीको प्रेम भावलाई थप प्रगाड़ता बनाउनका लागि महत्वपुर्ण भूमिका निर्बाह गर्नेछ । तसर्थ यस गीतलाई पनि सामिजिक यथार्थता भित्रको प्रष्टता भन्दा फरक नपर्ला । त्यसो त पछिल्लो समय बजारमा आएका गीतहरुले छोटो चर्चापरिचर्चा मात्र पाउने गरेको हामी मनन गर्न सक्दछौं । गायक तथा सर्जक विमलका प्रस्तुतिले भने सदाबहार श्रोता तथा दर्शकहरुको मन जितिरहेको हुन्छ ।

यिनै गीतको चौतर्फी सफलता पछी बजारमा आएको बिमलको “मेरो हजुर” बोलको गीतमा बिमल डाँगी र उनकै अर्धांगिनी सरिता डाँगीको स्वर सुन्न सकिन्छ । हामीले यो पनि अड्कल काट्न सक्छौं कि, गीतको भाव अनुसार, सम्पूर्ण संगीत पारखीहरुलाई केन्द्रित गर्दै पस्किएको यो गीत बिमलले आफ्नै अर्धांगिनीलाई कुनै अवसर पारेर उपहार प्रदान गरिरहेका छन् । बिमल डाँगी कै लय शब्दबाट तयार भएको यस गीतको म्युजिक भिडियोमा दुर्गेश थापा र निता ढुंगानाको मन लोभ्याउने अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् भने छायांकन नवराज उप्रेती, शम्भु मोक्तान र सम्पादन बिष्णु शर्माले गरेका छन् । हामि गायक तथा सर्जक बिमल डाँगीका अन्य अघिल्ला सिर्जना जस्तै यस गीतको पनि पूर्ण सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

Facebook Comments

सम्बन्धित समाचार