• होमपेज
  • मनोरञ्जन
  • केकी, सुधिर र प्रियाना अभिनित रचना रिमालको ‘पहिलो माया’ सार्वजनिक (भिडियो)

केकी, सुधिर र प्रियाना अभिनित रचना रिमालको ‘पहिलो माया’ सार्वजनिक (भिडियो)

  • मङ्लबार, कार्तिक २५, २०७७
केकी, सुधिर र प्रियाना अभिनित रचना रिमालको  ‘पहिलो माया’ सार्वजनिक  (भिडियो)

गीतकार पुनम मोथेको शब्दमा नयाँ गीत पहिलो माया सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शंकर थापाको संगीत र रचना रिमालको स्वर सुन्न सकिन्छ ।एक प्रेम कथामा बनेको गीतको म्युजिक भिडीयो उत्कृष्ट बनेको छ । भिडीयोलाई  निकेस खड्काले निर्देशन गरेका हुन् ।

जहाँ केकी अधिकारी ,सुधिर श्रेष्ठ र प्रियाना आचार्यको अभिनय देख्न सकिन्छ । पुनम मोथे अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतमा बुद्ध थापाको छायांकन ,बिकास धमलाको सम्पादन र समरा जोसीको मेकअप समाबेस रहेको छ ।यस अघिका दुई गीतहरु “झुठो रैछ तिम्रो माया” र “सयौं जुनी” झैँ पहिलो मायालाई समेत दर्शक स्रोताहरुले रुचाउने गीतकार मोथे बताउछिन् ।

Facebook Comments

सम्बन्धित समाचार