• होमपेज
  • म्यूजिक भिडियो
  • प्रकाश तामाङ्ग र आरुषी मगर सहितको अभिनयमा “घैया मकै” ले डिजिटल बजार तताउँदै

प्रकाश तामाङ्ग र आरुषी मगर सहितको अभिनयमा “घैया मकै” ले डिजिटल बजार तताउँदै

  • बुधबार, कार्तिक १९, २०७७
प्रकाश तामाङ्ग र आरुषी मगर सहितको अभिनयमा “घैया मकै” ले डिजिटल बजार तताउँदै

शिवपुरी म्युजिक प्रालिले फेरी अर्को मौलिक लोक दोहोरी गीत भर्खरै बजारमा ल्याएको छ । उक्त गीत रामशरण आले र रामशरण ढकालको संयुक्त प्रस्तुतिमा “घैया मकै” बोलको रहेको छ । पछिल्लो समय काँठ क्षेत्रको बर्चस्व उच्च रहँदा यस मौलिक गीतले पनि अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्ने प्रबल सम्भावना रहेको छ । प्रस्तुत गीतलाई युट्युबमा सार्बजनिक भएको छोटो समयमा नै अशंख्य श्रोता तथा दर्शकहरुले आफ्नो उच्च रोजाईमा पारिसकेका छन् ।

यस गीतका प्रस्तुतकर्ता रामशरण आले अहिले नेपाल प्रहरीमा कार्यरत रहेका छन् । यसरी आफ्नो जिबन सरकारी नुन खाँदै बिताईरहेका उनले यस अघि पनि थुप्रै गीतहरुमा आफ्नो सिर्जना तथा सुमधुर स्वर मिश्रण गरेर बजारमा पठाईसकेका छन् । प्रस्तुत गीतलाई पनि पुनः मन पराएर सल्लाह सुझाब दिनुहुन सम्पूर्णमा रामशरणले अनुरोध गरेका छन् । त्यसैगरी अर्का प्रस्तुतकर्ता रामशरण ढकालले पनि थुप्रै गीतहरुमा काम गरिसकेका छन् । उनले पनि सबै सामु प्रतिक्रियाको आशा गरेका छन् ।

रामशरण आले, रामशरण ढकाल र काब्य आचार्यको सुमधुर स्वरबाट सजिएको यस गीतलाई शब्द उनै प्रतिभाका खानि शम्भु नेपालले भरेका हुन् । सर्जक शम्भु पछिल्लो समयमा बजारमा आएका केहि गीतहरुबाट समाजमा बिकृति फैलाई रहेकोले हुनाले यस्ता विकृतिजन्य गीतहरुलाई निरुत्साहित गर्नका निमित्त बिभिन्न मिडिया मार्फत आफ्नो आवाज बुलन्द गरिरहने एक निडर बक्ता पनि हुन् । उनि द्वारा सृजित गीतहरु पनि धेरै बजारमा आइसकेका छन् ।

“घैया मकै” बोलको गीतलाई रामजी थापाले लय भरेका हुन् सर्जक राम्जी मौलिक गीतको नै दिर्घ आयु हुने बिश्वास राख्दछन् । यस गीतको म्युजिक भिडियोमा प्रकाश तामाङ्ग “राज” आरुषी मगर, दिपेश ढकाल र सुजाता भट्टराईको साथै बालकलाकार पृथ्बी आले र शितल राणाको पनि आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन डबिड सिलुवाल “सितारामले गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि