• होमपेज
  • विचित्र संसार
  • पेरुको चर्चित पर्यटकीय स्थल माचु पिच्चु एकजना जापानी पर्यटकका खुल्ला

पेरुको चर्चित पर्यटकीय स्थल माचु पिच्चु एकजना जापानी पर्यटकका खुल्ला

  • शनिबार, कार्तिक १, २०७७
पेरुको चर्चित पर्यटकीय स्थल माचु पिच्चु एकजना जापानी पर्यटकका खुल्ला

दक्षिण अमेरिकी मुलुक पेरुको चर्चित पर्यटकीय स्थल माचु पिच्चु विश्वका सात आश्चर्यमध्ये एउटा हो । माचु पिच्चु क्षेत्र इंका सभ्यताको निशानी पनि हो ।

कोरोना भाइरस महामारीको फैलावटलाई रोकनका लागि पेरुमा लगाइएको लकडाउनका कारण माचु पिच्चुपनि बन्द छ । तर हालै उक्त सातौँ आश्चर्य केवल एकजना पर्यटकका लागि मात्र खुल्ला गरिएको छ ।

समाचार अनुसार पेरुमा लकडाउनका कारण ३ महिनादेखि अड्किरहेका एकजना जापानी पर्यटकका लागि माचु पिच्चु खुल्ला गरिएको हो ।

ती जापानी पर्यटक माचु पिच्चु घुम्नकै लागि भनी ३ महिनाअघि तिनदिने भ्रमणका लागि पेरु पुगेका थिए । तर उनी पेरुमा पुगेकै बेला त्यहाँ लकडाउन भयो । जसका कारण न त उनी माचु पिच्चु नै पुग्न सके, न त जापान नै फर्किन पाए ।

हालै स्थानीय एक मिडियामा अन्तरवार्ता दिने क्रममा उनले आफु माचु पिच्चु घुम्नका लागि आएको तर ३ महिनादेखि फसिरहेको खुलासा गरेसँगै त्यसले पेरु सरकारकै ध्यान खिच्यो । त्यसपछि स्थानीय प्रशासनले ती जापानी पर्यटकलाई लकडाउनकै बीच माचु पिच्चु भ्रमण गर्ने प्रबन्ध गरेको हो । बन्द रहँदै आएको माचु पिच्चु केवल उनै जापानी पर्यटकका लागि मात्र खुल्ला गरियो ।

माचु पिच्चुलाई प्रायः मानिसहरु इंकाहरुको हराएको सहर पनि भन्दछन् । यो भग्नावशेष सहर इंका साम्राज्यको सबैभन्दा चर्चित प्रतीकमध्ये एक हो । त्यसलाई पेरुको एक ऐतिहासिक देवालय पनि भनिन्छ र त्यसलाई पवित्र स्थल मानिन्छ । सन् १९८३ मा माचु पिच्चुलाई युनेस्कोले विश्व सम्पदा सूचिमा सूचिकृत गरेको थियो ।

माचु पिच्चुमा घुम्नका लागि वर्षेनी लाखौँ पर्यटकहरु पुग्ने गर्दछन् । सन् १९११ मा अमेरिकी इतिहासकार हीरम बिंघमले पहिलोपटक माचु पिच्चुको खोज गरी विश्वसामु त्यसको इतिहास सार्वजनिक गरेका थिए ।

इतिहास अनुसार सन् १४५० मा इंका साम्राज्यका शासकहरुले उक्त सहरको निर्माण गरेका थिए । त्यसको एक सय वर्षपछि नै स्पेनिसहरुले इंकालाई पराजित गरेर राज्य कब्जा गरेसँगै त्यो सहरका बासिन्दा सबै भागे र सहर समयक्रमसँगै खण्डहरमा परिणत भयो ।

यो सहरका बारेमा अर्को एउटा रोचक किम्वदन्ती पनि छ । कतिपय मानिसहरुका अनुसार त्यो सहर मानिसले होइन एलियन्सले बनाएको हो । तर त्यसको कुनै पुष्टि हुन सकेको छैन ।

माचु पिच्चू सहरको निर्माण किन गरिएको थियो, त्यो अहिलेसम्म पनि रहस्यको रुपमा रहेको छ । कतिपयले चाहीँ उक्त सहर मानिसको बली दिनका लागि तयार गरिएको र बली पछि त्यहीँ नै गाड्ने गरिन्थ्यो । उत्खननका क्रममा त्यहाँ कैयन् मानव कंकालहरु समेत फेला परेको छन् । अझ अनौठो त के भने त्यस्ता कंकालमध्ये धेरै महिलाका रहेका छन् ।

कतिपय इतिहासकारका अनुसार इंकाहरुले सूर्यलाई आफ्नो भगवान ठान्दथे । त्यसैले सूर्यलाई खुसी पार्न भन्दै उनीहरुले कुमारी चेलीको बली दिन्थे । -एजेन्सी

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि