• होमपेज
  • पर्यटन
  • गुह्येश्वरी मन्दिरमा पूजा गर्न कोषलाई रोक

गुह्येश्वरी मन्दिरमा पूजा गर्न कोषलाई रोक

  • शनिबार, कार्तिक १, २०७७
गुह्येश्वरी मन्दिरमा पूजा गर्न कोषलाई रोक

पशुपति क्षेत्र विकास कोष मातहत रहेको गुह्येश्वरी मन्दिरमा कोषलाई नै नित्य पूजा गर्र्न मन्दिर व्यवस्थापन समिति र पुजारीले रोक लगाएको कोषले जनाएको छ ।

कोषले प्रत्येक वर्ष घटस्थापनाका दिन गुह्येश्वरी मन्दिरमा विशेष पूजा गर्ने परम्परा थियो । कोषका तर्फबाट आज बिहान पूजा गर्न गएका पुजारीलगायत कर्मचारीलाई व्यवस्थापन समिति, पुजारीद्वय जैन कर्माचार्य र रामकृष्ण डङ्गोलले पूजा गर्न नदिएको कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो ।

गुह्येश्वरी मन्दिर क्षेत्रमा रहेका सुनको परिमाणबारे व्यवस्थापन समितिलाई स्पष्टीकरण सोधिएकाले पूजा गर्न नदिइएको उहाँले आरोप लगाउनुभयो । समितिले चित्तबुझ्दो उत्तर नदिएकाले थप छानबिन गर्ने तयारी गरिएको कोषले जनाएको छ । समितिले भने मन्दिरमा पञ्चामृत, अण्डा र जाँडरक्सी चढाउँदा सुन खिइएको जिकिर गर्दै यससम्बन्धी स्पष्टीकरण कोषलाई बुझाइसकिएको जनाएको छ ।

गुह्येश्वरीक्षेत्र र चाबहिलक्षेत्रका मठमन्दिर कोष मातहत आउन सकेका छैनन् । यस कारण ती मठमन्दिर र त्यससँगैको सार्वजनिक जग्गामा अनियमितता भएको स्थानीयवासीको गुनासो छ । कोषका सदस्य सचिव डा प्रदीप ढकाल पशुपति क्षेत्रका सबै मठमन्दिर कोष मातहत नै ल्याउने तयारी भएको बताउनुहुन्छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि