• होमपेज
  • मनोरञ्जन
  • नारायण रायमाझी र रचना रिमालको स्वरमा बहुचर्चित गित ‘नमुछे आमा दहिमा टिका’ सार्वजनिक

नारायण रायमाझी र रचना रिमालको स्वरमा बहुचर्चित गित ‘नमुछे आमा दहिमा टिका’ सार्वजनिक

  • शनिबार, अशोज १७, २०७७
नारायण रायमाझी र रचना रिमालको स्वरमा बहुचर्चित गित ‘नमुछे आमा दहिमा टिका’ सार्वजनिक

एक समय थियो जतिबेला रेडियो नेपालबाट <strong>नमुछे आमा दहिमा टिका</strong> गित बज्न थाल्यो भने चाडवाड आउँन लागेछ क्यार भन्ने थाहा हुन्थ्यो । बीच बीचमा बज्ने “दाइ मेरो काँ गयो गुरो धौली फुल्यो ओइलायो” भन्ने टुक्काले परदेशिएका दाजु भाईको मन कटक्क खान्थ्यो । रेकर्डिङ भएदेखि नै नेपाली लोक संगितको शिर्ष स्थानमा रहिरहेको गित “नमुछे आमा दहिमा टिका” वरिष्ट गायक, संगीतकार नारायण रायमाझीले नयाँ प्रविधि र केहि फरक मेलोडी सहित पुन: सार्वजानिक गर्नु भएको छ ।

स्वर्गीय लक्षमण रायमाझीको शब्द र वरिष्ट संगीतकार नारायण रायमाझीले संगीत गरेको बहुचर्चित गित “नमुछे आमा दहिमा टिका” वर्षौ पहिले पहिलो पटक कृष्णभक्त राइले गाउनु भएको थियो । त्यहि गितलाई केहि आधुनिक शैलीमा गीतको सर्वाधिक अधिकार पाएको रिमा इन्टरटेनमेन्ट नेपालले बजारमा ल्याएको हो । अहिलेकी चर्चित गायिका रचना रिमाल र संगीतकार स्वयम रायमाझीले गाएको लाईभ भिडियोले नेपाली सांगीतिक बजारमा चर्चा बटुल्ने निश्चित प्राय छ ।

केहि हप्ता अघि मात्र सार्वजनिक भएको नारायण रायमाझीको अर्को गित <strong>उनको प्रिति</strong> यतिबेला ४० लाखको नजिक छ ।  कुनै बेला रेडियो नेपालमा एकक्षत्र राज जमाएका रायमाझीका गितहरु अहिले पनि उत्तिकै ताजगी छन । आउँने शुक्रबार “नमुछे आमा दहिमा टिका” को फाईनल भिडियो सार्वजनिक हुने पनि सुटिंग पक्षले नयाँबाटो लाई जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)